
काठमाडौं । सिन्धुलीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार जिल्लाको कमलामाई नगरपालिका–३ मा कार दुर्घटना हुँदा तीनको घटनास्थलमै र एक जनाको अस्पतालमा मृत्यु भएको हो ।
बीपी राजमार्ग हुँदै काठमाडौं आउँदै गरेको बी आर डीडी ०६८७ नम्बरको कार गएराति साढे १२ बजे कमलामाईस्थित गढी गेट नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ ।
कार करिब ५०० मिटर तल खसेको थियो ।
मृत्यु भएकाहरूको सनाखत हुन बाँकी छ ।
कारमा पाँचजना सवार थिए ।
अहिले मृतकको शव निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij