
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकाे चुनावका लागि वरिष्ठ उपाध्यक्षमा प्रत्यासी उम्मेदवार उमेशललाल श्रेष्ठले आफ्नो प्यानल घोषणा गरेका छन् ।
सोमवार ललितपुरमा एक कार्यक्रम आयोजना गरी चैत २८ र २९ गते हुने महासंघको निर्वाचनमा श्रेष्ठले वरिष्ठ उपाध्यक्षमा प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् । श्रेष्ठको प्यानलबाट जिल्ला तथा नगरतर्फ दिनेश श्रेष्ठ, वस्तुगततर्फ हेमराज ढकाल र एसोसिएटतर्फको उम्मेदवार भरतराज आचार्यले उम्मेद्वारी घोषणा गरेका छन् ।
वरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले संकटमा गएको अर्थतन्त्र सुधारका लागि व्यवसायीहरुको हीतमा आफूले काम गर्ने उनले बताए ।
उनले आर्थिक काँचुली फेर्नका लागि निःस्वार्थ रुपमा काम गर्ने प्रतिवद्धता जनाए । उद्योग वाणिज्य महासंघमा फोटो खिच्न नभएर उद्योगी व्यवसायीहरुका समस्या समाधानका लागि जान लागेको उनले स्पष्ट पारे ।
उक्त कार्यक्रममा बाेल्दै जिल्ला नगर तर्फका उपाध्यक्ष दिनेश श्रेष्ठले व्यावसायिक वातावरण निर्माणमा आफू निरन्तर दृढतापूर्वक लागिरहेकाे र यसपटककाे निर्वाचन मार्फत आफूलाइ विजयी बनाएरर पुनः सेवा गर्ने अवसर दिन व्यवसायी सदस्यहरूलाइ आग्रह गरे ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij