२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित

तामाङ सोसाइटी अफ अमेरिकको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित

 

अमेरिकको न्युयोर्क शहरमा तामाङ सोसाइटी अफ अमेरिकको एघारौं महाअधिवेशन सम्पन्न भएको छ । अधिवेशनले २०२३ देखी २०२५ सम्मको लागि ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

पहिलो चरणको कार्यक्रम सके लगत्तै शुरु भएको बन्द सत्रमा निर्वाचन अधिकृत भरत मोक्तानले उम्मेदवारी दरखास्त अाह्वान गर्नुभएकोमा अध्यक्ष पदको लागि बुद्धिमान तामाङ र सन्जोग योन्जनले उम्मेदवारी दिएका थिए ।

उम्मेदवार दर्ताको नामावली प्रकाशित भएपश्चात् अध्यक्षका प्रत्यासी दुवैजनालाई आ-आफ्नो धारणा राख्न ५/५ मिनेटको समय दिएकोमा बुद्धिमानले ११ बुँदामा आफ्नो सान्दर्भिक भनाइ राखेर सबैको मन जित्न सफल भएको थियो ।

कुल खसेको मत मध्य ८ मत बदर भएकोमा आफ्नो प्रतिद्वन्द्वी सन्जोग योन्जनलाई १० मतले पछी पार्दै बुद्धिमान तामाङले एतिहासिक जीत निकाल्न सफल हुनु भएको थियो । निर्वाचित हुनु भए पश्चात् आफ्नो भनाइ राख्दै अब आफुले अघि सारेको प्रत्येक बुँदालाइ आत्मसात् गरी कार्य गर्ने प्रतिबद्ध व्यत गर्नुभएको थियो ।अधिबेशनबाट अन्य पदाधिकारी हरु भने निर्विरोध निर्वाचित हुनुभएका थियो ।

बुद्धिमान तामाङकाे अध्यक्षतामा निर्वाचित कार्यसमितिकाे  बरिष्ट उपाध्यक्षमा चिना लामा, उपाध्यक्षमा तुल बहादुर तामाङ र आरती लामा मैना छन् भने महासचिबमा शमशेर योन्जन रहेका छन् ।

सचिव भिम स्याङतन र कोषाध्यक्ष  सेन्तुन लामा रहेकाे उक्त कार्यसमितिमा  तीर्थ राज लामा,   बिष्णु तामाङ र  निरामाया लामा कार्यस

मिति सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij