२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

नागरिक लगानी कोष ३३औँ वर्षमा प्रवेश गर्दा लगानी २ खर्ब नाघ्न सफल

नागरिक लगानी कोष ३३औँ वर्षमा प्रवेश गर्दा लगानी २ खर्ब नाघ्न सफल

काठमाडौं । नागरिक लगानी कोष स्थापनाको ३३औँ वर्षमा प्रवेश गरेको छ । बचतमा प्रोत्साहन गरी लगानी बढाउने, अवकाश कोष तथा सामाजिक सुरक्षाका कार्यक्रम सञ्चालन गर्ने र पूँजी बजारमा गतिशीलता ल्याउने उद्देश्यले २०४८ सालमा स्थापना भएको कोषले हालसम्म रु २ खर्बभन्दा बढी लगानी गरिसकेको जनाएको छ ।

कोषका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा रु २ खर्ब ५ अर्ब ६९ करोड लगानी गरेको छ । सोही अवधिमा कोषको खुद कोष मौज्दात रकम रु २ खर्ब ६ अर्ब १९ करोड छ ।

हालसम्म मुद्दती निक्षेपमा रु १ खर्ब ६ अर्ब २६ करोड, धितोपत्रमा रु २८ अर्ब २६ करोड १३ लाख, कोषका सहभागीलाई सापटी तथा आवास कर्जामा रु ४५ अर्ब ९२ करोड १५ लाख र समकालीन कर्जामा रु २२ अर्ब ६९ करोड ८० लाख लगानी गरेको कोषले जनाएको छ ।

पुस मसान्तसम्ममा अधिकृत पूँजी र जारी पूँजी समान रु ८ अर्ब रहेको कोषको चुक्ता पूँजी रु ४ अर्ब २५ करोड १० लाख रहेको छ ।

नागरिक लगानी कोषमा सरकारको २३.३४ प्रतिशत सेयर स्वामित्व छ । त्यस्तै राष्ट्रिय बीमा संस्थानको ३१.५५, नेपाल स्टक एक्सचेन्जको १०, अन्य बैंक तथा वित्तीय संस्थाको १५.११ र सर्वसाधारणको २० प्रतिशत स्वामित्व छ ।

लगानी कोषले कर्मचारी बचत वृद्धि अवकाश कोष, बीमा कोष, उपदान तथा पेन्सन कोष, लगानीकर्ता हिसाब योजना, नागरिक एकाङ्क योजना, नागरिक पेन्सन योजना, लगानी व्यवस्थापन, ब्रिज ग्याप लोन, सहभागी कर्जा, परियोजना कर्जा, धितोपत्र लगानीजस्ता कार्यक्रम कार्यान्वयन गरिरहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij