२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

दोस्रो पटक विश्वासको मत लिँदै मुख्यमन्त्री जम्कट्टेल 

दोस्रो पटक विश्वासको मत लिँदै मुख्यमन्त्री जम्कट्टेल 

गत फागुन १३ मा राप्रपाका खानेपानी, उर्जा तथा सिंचाईमन्त्री उद्धव थापा, पर्यटन उद्योग तथा शहकारीमन्त्री डम्बरबहादुर तामाङ र वन तथा वातावरणमन्त्री राजु विष्टले राजीनामा पदएका थिए । राप्रपाले सोही दिन माओवादी केन्द्रका शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । सरकार बनाउँदा समर्थन जनाएको राप्रपा बाहिरिएपछि बागमती प्रदेशका मुख्यमन्त्रीले पुनः विश्वासको मत लिनु पर्ने बाध्यता सिर्जना भएको छ ।

मुख्यमन्त्री नियुक्त भएको ७ दिन (माघ ३ गते)मा नै प्रदेशसभाबाट विश्वामसको मत लिएका मुख्यमन्त्री जम्कट्टेललाई ६ दलका १०५ जना सांसदले विश्वसको मत दिएका थिए । गत पुस २५ गते ५ दलका ७० जना सांसदहरुको समर्थनमा मुख्यमन्त्ती नियुक्त भएका जम्कट्टेललाई नेमकिपाका ३ जना सांसदले भने विश्वासको मत दिएन । कुल ११० सांसद मध्ये कांग्रेस ३६, एमाले २७, माओवादी केन्द्र २१, राप्रपा १२, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसदले विश्वासको मत दिएका थिए ।

प्रदेशसभाका दु्ई तिहाई भन्दा बढी सांसदको विश्वासको मत पाएका उनले जम्कट्टेलले मुख्यमन्त्री नियुक्त भएको ६५ दिनमा नै दोस्रो पटक विश्वासको मत दिँदै छन् । चैत ८ गते विश्वासको मत लिने मुख्यमन्त्री जम्कट्टेको तयारी छ । नेपालको संविद्यानको धारा १६८ को २ बमोजिम सरकारको नेतृत्व गरेका उनले यसअघि माघ ३ गते विश्वासको मत लिएका थिए ।

मुख्यमन्त्री जम्कट्टेलले आगामी बुधबार विश्वासको मत लिनका लागि तयार गरिदिन प्रदेशसभा सचिवालयलाई पत्र समेत पठाइसकेका छन् । उनले नेपालको संविद्यानको धारा १८८ को २ बमोजिम संसदबाट विश्वासको मत लिने तयारी गरेका हुन् । सोही अनुसार प्रदेशसभा सचिवालयले चैत ८ गते दिउँसो ३ बजेका लागि प्रदेशसभाको बैठक बोलाएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए । उनका अनुसार आगामी कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेशसभा बैठकको थप कार्यसूची तय गर्ने छ ।

मुख्यमन्त्री जम्कट्टेलाई आगामी चैत १२ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने बाध्यता छ । पुस २६ मा मन्त्रिपरिषद् गठन हुँदा एमाले माओवादी केन्द्र र राप्रपा सत्ता सीमकरण थियो । हाल सरकारमा माओवादी केन्द्र र एमाले मात्रै सहभागी छ । संविधानतः मुख्यमन्त्रीलाई समर्थन दिएको वा विश्वासको मत दिएको दल तथा सांसदले समर्थन फिर्ता लिएको अवस्थामा सोको ३० दिन भित्र पुनः विश्वासको मत लिनुपर्ने हुन्छ । जस अनुसार मुख्यमन्त्री जम्कट्टेलले फागुन १४ गतेको मितिले ३० दिन भित्र विश्वासको मत लिनु पर्ने हुन्छ ।

मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतको विपक्षमा राप्रपा देखिएको छ । मुखयमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावमा अन्य दलले निर्णय गरिसकेका छैनन् । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुले संसदीय दलको बैठक बसेर मात्र अन्तिम निर्णय लिने बताउँदै आएका छन् ।

केन्द्रीय समिकरण अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने कांग्रेसका ३७, एकीकृत समाजवादीका ७ र माओवादीक केन्द्रका २१ जनाले विश्वासको मतको पक्षमा मतदान गर्ने पक्का जस्तै छ । हाल सरकारमा सहभागी एमाललेले मत दिने वा नदिने खुलेको छैन । स्रोतका अनुसार एमाले छिट्टै नै सरकारबाट बाहिरिएर प्रमुख प्रतिपक्षको भूमिकामा बस्ने छ । मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा रहने सम्भावना प्रवल रहेको एमालेका एक सांसदले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij