२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

महोत्तरीमा तीन क्रसर उद्योग कारबाहीमा

महोत्तरीमा तीन क्रसर उद्योग कारबाहीमा

 

महोत्तरी । गौशाला नगरपालिका कानुन विपरीत सञ्चालनमा रहेको तीनवटा क्रसर उद्योगलाई कारबाही गरिएको छ।

गौशालाको मरहा नदीको तटमा सञ्चालित उक्त क्रसर उद्योगहरूलाई कारबाही गरिएको हो । सिद्धार्थ क्रसर उद्योग, एभरेस्ट क्रसर उद्योग र जय हनुमान क्रसर उद्योग कारबाहीमा परेका हुन्।

लामो समयदेखि नगरपालिकाको राजश्व शाखामा राजश्व नबुझाएको, मापदण्ड विपरीत सञ्चालनमा रहेको र ईजाजतपत्र तथा नवीकरण नगराएकाले कारबाही गरिएको नगरप्रमुख दीपेन्द्र महतोले जानकारी दिए। उनका अनुसार कारबाहीमा परेका क्रसरले नदीजन्य पदार्थको उत्पादन वा वितरण गर्न रोक लागेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij