
काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लि. र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. गाभिई कायम हुन आएको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि.को अध्यक्षमा मनोहर दास मुल चयन भएका छन् ।
औपचारिक कार्यक्रम हिजाे साँझ आयोजना गरिएको छ । विहान बीमा समितिमा पुगेर अध्यक्ष मुलले शपथग्रहण गरेका थिए । त्यस लगत्तै पूजा आजा गरेर सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको तर्फबाट पहिलो बीमा पोलिसी काटिएको कम्पनीले जनाएको छ । हिजै बसेको सञ्चालक समितिको पहिलो बैठकले दुबै कम्पनीहरुको तर्फबाट ३/३ जना सञ्चालक रहने गरी नयाँ सञ्चालक समिति गठन गरेको छ ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको नयाँ सञ्चालक समिति
साबिक सगरमाथा इन्स्योरेन्स कम्पनी लि. का तर्फबाटः
१) अजिथ आर. गुणवर्द्धने, (संस्थापक समूह–सेलिन्को इन्स्योरेन्स पिएलसी, श्रीलँका)
२) सिद्धार्थ मणि राजभण्डारी, (संस्थापक समूह)
३) गजेन्द्र लाल श्रेष्ठ, (सर्बसाधारण समूह)
साबिक लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि. का तर्फबाटः
४) मनोहर दास मुल, (संस्थापक समूह) अध्यक्ष
५) अरुण राज श्रेष्ठ, (संस्थापक समूह)
६) कमल भटृराई, (सर्बसाधारण समूह)
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij