२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

मर्जरले बीमा कम्पनीहरूकाे क्षमता बृद्दि गर्याे, अब कर्मचारीमा ध्यान दिनुपर्छः अध्यक्ष सिलवाल

मर्जरले बीमा कम्पनीहरूकाे क्षमता बृद्दि गर्याे, अब कर्मचारीमा ध्यान दिनुपर्छः अध्यक्ष सिलवाल

काठमाण्डाै । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले विगत ११ महिनाअघि सुरू गरेकाे मर्जर अभियान सफल भएकाे बताउँदै मर्जरले बीमा कम्पनीहरूकाे क्षमता अभिबृद्दि गरेकाे बताएका छन् । अध्यक्ष सिलवालले कम्पनीहरू ठूला भइसकेकाेले अब कर्मचारीहरूकाे क्षमता अभिबृद्दि गर्न कम्पनीलाई निर्देशन दिएका छन् ।

आजदेखि एकीकृत काराेबार गरेकाे सगरमाथा लुम्विनी इन्स्याेन्स कम्पनीकाे कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष सिलवालले बीमा क्षेत्रमा फाेर्सफूल मर्जर गरिएकाे बताए । अध्यक्ष सिलवालले मर्जरबारे भावी सन्ततीले भविष्यमा राम्राे काम गरेकाे भनेर पक्कै सम्झने बताए । उनले क्षमता अभिबृद्दिकाे बाटाे खुलेकाे समेत बताएका छन् । अध्यक्ष सिलवालले भने ‘पुजिबृद्दि समयकाे आवश्यकता हाे । सशक्त कम्पनीहरू बन्लान भनेर मर्जर गरिएकाे हाे । नियामकले जथाभावी निर्णय गर्दैन । बिश्लेषण गरेर नै नयाँ निर्णयहरू गरेका छाैं ।’

अध्यक्ष सिलवालले बीमाकाे दावी भुक्तानी छिटाे र छरिताे गर्न आह्ववान ३० हजार रूपैया क्लेम लिन शाखाबाट नहुने अवस्था अन्त्य हुनुपर्ने समेत बताए। ‘जति बढि क्लेम तिर्नुहुन्छ उति बढि व्यवसाय बढ्छ । जुन कम्पनीले जुन पाेर्टफाेलियाेकाे क्लेम दिदैन अब पाेर्टफाेलियाे राेक्छाैं’ अध्यक्ष सिलवालले भने । एकीकृत कम्पनी सगरमाथा लुम्विनी इन्स्याेरेन्स कम्पनीका अध्यक्ष मनाेहरदास मुलले क्षेत्रकाे दीगाे बिकासमा मर्जरकाे विशेष भूमिका रहेकाे बताए ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij