२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

तारकेश्वर नगरपालिकालाई स्मार्ट र डिजिटल बनाउँदै लगिने

तारकेश्वर नगरपालिकालाई स्मार्ट र डिजिटल बनाउँदै लगिने

काठमाडौं । तारकेश्वर नगरपालिकाले नगरपालिकालाई स्मार्ट र डिजिटल बनाउँदै लैजाने सम्बन्धमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
मोबाइल एप्स, डिजिटल सिग्नेचर, आइसिटी पोलिी र प्लान सम्बन्धी नगरबासीहरुलाई बुझाउन र आपसी सल्लाह सुझावको लागि यस्तो अभिमुखीकरण आयोजना गरिएको हो ।


तारकेश्वर नगरपालिकाले आफ्नो मोबाइल एप्स बनाइरहेको छ । जुन एप्समा के–के सामाग्रीहरु समेटिन लागेका छन्, साथै उक्त एप्स कसरी चलाउने भन्ने सम्बन्धमा बुझाउनको लागि एप्स निर्माता कम्पनी स्मार्ट पालिकाका प्रतिनिधिहरुले सोही अवसरमा आफ्नो प्रस्तुति समेत पस्किएका छन् ।
नगरप्रमुख कृष्णहरि महर्जनको प्रमुख आतिथ्यता एवं नगरप्रमुख सिर्जना बुर्लाकाेटी तथा प्रमुख प्रशासकीय अधिकृत डा. कृष्ण बहादुर घिमिरेकाे अातिथ्यतामा आइतबार नगरपालिकाको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा नगरपालिकाका कर्मचारी, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख महर्जनले नगरपालिकाबाट सम्पादन हुने गतिविधिहरुलाई प्रविधिमैत्री बनाउँदै लैजाने योजना अनुरुप आफूहरुले यस किसिमको पहल गरेको बताउनुभयो ।


सोही कार्यक्रममा एप्स निर्माण कम्पनी स्मार्ट पालिकाका तर्फबाट सिइओ मनोज भट्टराईले नगरपालिकालाई डिजिटल रुपान्तरणको लागि ल्याउन लागिएको नगरपालिका एप्सलाई पहिलो फड्को भएको बताए ।

डेमोको रुपमा एप्स सम्बन्धी उल्लेख गरिएको प्रस्तुतिमा नगरपालिकाबाट प्रवाह गरिने सबैजसो सेवाहरु एप्समा नै उपलब्ध रहेको बताइएको छ । जस अन्तरगत स्वास्थ्य, प्रशासन, सूचना, नागरिक वडापत्र, सिफारिस, कर, गुनासो लगायतका सबै जानकारी एवं सुविधा मोबाइल एप्सबाट नै प्राप्त गर्न सकिनेछ ।
एप्सलाई पूर्ण सुरक्षित बनाइएकोले ढुक्क भएर सेवा प्रवाह गर्नको लागि नगरपालिकालाई कम्पनीका सिइओ भट्टराई विश्वस्त बनाए ।
कार्यक्रममा स्मार्ट पालिकाका तर्फबाट धारणा राख्दै राधानन्द माण्डव्यले यो एउटा अभियान भएको र डिजिटल नेपालको सपना पूरा गर्न यस अभियानमा सबै जोडिँदै जानुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij