२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

प्राविधिक र जीवनोपयोगी वर्तमानको आवश्यकता होः अध्यक्ष लिङ्देन

प्राविधिक र जीवनोपयोगी वर्तमानको आवश्यकता होः अध्यक्ष लिङ्देन

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सबै विकासको मूल नै शिक्षा भएको बताए । झापाको हल्दिबारी गाउँपालिकाले सञ्चालनमा ल्याएको सिसी क्यामेरा एप्स उद्घाटन तथा खेलाडी सम्मान कार्यक्रममा उहाँले शिक्षा क्षेत्रको विकास बिना हुने क्षेत्रको विकास सम्म्भव नभएको बताए।

“सबै विकासको मूल नै शिक्षा भएकाले शिक्षा क्षेत्रमा सुधार अनिवार्य छ”, झापा क्षेत्र नं ३ का सांसदसमेत रहनुभएका उनले भने, “प्राविधिक, जीवनोपयोगी र स्वरोजगारमुखी शिक्षा वर्तमानको आवश्यकता हो ।” उनले भोलिको भविष्य आजको शिक्षाले निर्धारण गर्ने भएकाले शिक्षा क्षेत्रको समुचित विकास हुनुपर्नेमा उनले जोड दिए ।

शिक्षा क्षेत्रको विकासमा शिक्षकको भूमिका महत्त्वपूर्ण भएको बताउँदै उनले भने, “शिक्षक भनेको महत्त्वपूर्ण पद हो, जसको हातमा देशको भाग्य र भविष्य हुन्छ ।” शिक्षकले कक्षा कोठामा किताबको पाना पल्टाउने मात्र नभई रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिए ।

गाउँपालिका हाताभित्र रहेका विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि उक्त एप्स निर्माण गरेर सञ्चालनमा ल्याइएको हल्दिबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले जानकारी दिए। अबदेखि एप्सको माध्यमबाट अभिभावक, जनप्रतिनिधि र सारोकारवालाले अनलाइनबाटै विद्यालय अनुगमन गर्नेछन् ।

सिसी क्यामेरा जडानका लागि रू २४ लाख ८८ हजार खर्च भएको छ भने एप्स गाउँपालिकाका आइटीका कर्मचारीले आफैँ निर्माण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाईंले बताए । गाउँपालिका हाताभित्र रहेका १७ सामुदायिक विद्यालयमा सिसी क्यामेरा जडान गरी सकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij