२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

फ्राइडे रिलिज : नेपाली फिल्म ‘छक्का पञ्जा ४’ र ‘२.० छड्के’ को महाभिडन्त

फ्राइडे रिलिज : नेपाली फिल्म ‘छक्का पञ्जा ४’ र ‘२.० छड्के’ को महाभिडन्त

काठमाडौँ । फ्राइडे रिलिज अन्तर्गत आजबाट देशभरका सिनेमा हलहरुमा नेपाली फिल्म ‘छक्का पञ्जा ४’ र ‘२.० छड्के’ एकसाथ प्रदर्शनमा आएका छन् । यी दुबै सिक्ववेल मुभी हुन्।

सोमबार साँझबाट मल्टिप्लेक्सहरूले बुकिङ खुला गरेका यी दुई चलचित्र आजबाट प्रदर्शनमा आएका हुन् ।

दुवै चलचित्रले राम्रो शो पाएका छन् । शुक्रबार बिहानसम्म क्यूएफएक्समा ‘छक्का पञ्जा–४’ले ६६ शो पाएको छ । जसमध्ये केही शोको बुकिङ फिलिङ फाष्टमा गएका छन् ।

बुकिङ खुलाउँदा मंगलबार यसले ५३ शो पाएको थियो । ‘छड्के–२’ लाई ३८ शो दिइएको छ । मंगलबार बिहान यसलाई ३९ शो प्रदान गरिएको थियो ।

यो चलचित्रमा भने कुनै पनि हलमा कुनै पनि शोको बुकिङमा फिलिङ फास्ट देखिएको छैन । क्यूएफएक्समा ‘छक्का पञ्जा–४’ ले ‘छड्के–२’ भन्दा ३८ शो बढी पाएको छ ।

हेमराज बिसीद्वारा निर्देशित छक्का पञ्जा–४ मा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, बेनिशा हमाल, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ।
त्यस्तै, प्रशान्त गिरी र देवकुमार श्रेष्ठको निमार्णमा रहेका छडके–२ लाई निगम श्रेष्ठले निर्देशन गरेका हुन्। निर्भान फिल्म स्कुलको छडके–२ को मुख्य कलाकारमा अनमोल केसी छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij