२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

विभिन्न निर्णय सहित युनियनकाे वैठक सम्पन्न

विभिन्न निर्णय सहित युनियनकाे वैठक सम्पन्न

अप्ठ्याराे परिस्थितिमा संयमित रहन सबै कर्मचारीलाई युनियनको आग्रह

‘स्वावलम्बन एक घरः सम्पूर्ण कर्मचारी एक परिवार’ भन्ने मूल नाराका साथ स्वावलम्बन विकास बैंक लिमिटेड कर्मचारी युनियन केन्द्रीय समितिको छैठाैं वैठक २०७९ फागुन १३ गते चितवनमा सम्पन्न भएकाे छ ।

सोही वैठकले युनियनमा रिक्त रहेका पदहरुलाई पुर्ति गर्दै केन्द्रीय समितिलाई पूर्णता समेत  दिएको छ ।

संस्थामा आर्थिक अनुशासन, पारदर्शिता र कर्मचारीमा अनुशासन कायम हुनुपर्ने कुरामा जोड दिँदै संस्थामा तालिम एवं गुणस्तरीय कार्यवातावरण हुनुपर्ने  लगायतका विषयवस्तुहरू छलफलमा उठाइएकाे युनियनले जनाएको छ ।

वैठकले केन्द्रीय सचिव रविन्द्र थापालाई सर्वसम्मत रूपमा केन्द्रीय कार्यवाहक महासचिवको जिम्मेवारी प्रदान गरिएकाे युनियनका अध्यक्ष विवेक कुवँरले बताउनुभएको छ ।

वर्तमान समयमा लघुवित्त क्षेत्रमा चौतर्फी चुनौती सिर्जना भइरहेको परिप्रेक्ष्यलाई सङ्केत गर्दै चुनौतीहरुको सामना गर्न संस्था र कर्मचारीहरुको मनोबल वृद्धि गर्दै वित्तीय साक्षरता अभियानलाई तीव्रता दिनुपर्ने, ग्राहकहरुलाई अनावश्यक हल्लाको पछाडि नलाग्न र निक्षेप सुरक्षाको ग्यारेन्टी सहित आश्वासन दिन, नम्र एवं मिठो बोली र असल व्यवहार गर्नुपर्ने लगायत विषयवस्तुहरुमा छलफल भएको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको परिपत्र, पछिल्ला घटनाक्रम बारे संस्था, व्यवस्थापन पक्ष र सञ्चालक समिति र आधिकारिक युनियनकाे रणनीति के–कस्तो रहने भन्ने सन्दर्भमा विस्तृत छलफल भएको युनियनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij