२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

सिभिल संगकाे मर्जर पछि हिमालयन बैंककाे कुल पुँजी ३४ अर्ब रुपैयाँ

सिभिल संगकाे मर्जर पछि हिमालयन बैंककाे कुल पुँजी ३४ अर्ब रुपैयाँ

काठमाण्डौ । हिमालयन बैंकको पुँजी ३४ अर्ब रुपैयाँ भएको छ । सिभिल बैंक प्राप्ति पछि बैंकको कुल पुँजी ३४ अर्ब रुपैयाँ नाघेको बैंकले जनाएको छ । पुँजीको आधारमा नेपालकाे छैटौं ठूलो बैंक भएको छ ।

त्यस्तै, बैंकमा कुल निक्षेप २ खर्ब ७४ अर्ब रुपैयाँ भएको छ भने कुल कर्जा २ खर्ब ५० अर्ब रुपैयाँ भएको हिमालयन बैंकले जनाएको छ । सिभिल प्राप्तिसँगै हिमालयन बैंकको कुल शाखा १८९ वटा भएको छ । सिभिललाई प्राप्तिपछि बैंकले शुक्रबारदेखि एकिकृत कारोबार गर्दैैछ ।

सन् १९९३ मा स्थापना भएको हिमालयन बैंक नेपाली व्यवसायीहरु प्रवद्र्धक भएर खुलेको पहिलो निजी क्षेत्रका बैंक हो । यस बैंकमा पाकिस्तानको हविव बैंक, कर्मचारी संचय कोष संस्थागत र ठूला लगानीकर्ता हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij