२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

ब्रदर प्रिन्ट एक्स्पो २०२३ मा आकर्षण बढ्दो

ब्रदर प्रिन्ट एक्स्पो २०२३ मा आकर्षण बढ्दो

काठमाडौं । विगत २६ बर्ष देखि सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित रही आवश्यकता बमोजिमका विभिन्न उपकरण नेपाली सेवाग्राहीहरुलाई उपलब्ध गराउँदै आएको सागर ग्रूपले सेवाप्रदायक र सेवाग्राहीलाई एकै ठाऊँमा जोड्ने मान्यता लिएर ब्रदर प्रिन्ट एक्स्पो २०२३ सञ्चालनमा ल्याएको छ ।

कम्पनीको कर्पोरेट सेल्स अफिस, न्यूरोड गेटमा सञ्चालनमा ल्याइएको उक्त एक्स्पो माघ २४ बाट शुरु भएर माघ २९ सम्म चल्नेछ । यसपटकको एक्स्पोमा अन्तर्राष्ट्रिय १२ ब्राण्डका विभिन्न कम्पनीका प्रिन्टरहरु अवलोकन तथा विक्रीको लागि राखिएको छ ।

देशभर करिब ५ सय डिलर मार्फत सेवा दिइरहेको सागर ग्रुपबाट सञ्चालित एक्स्पोमा डिलर-डिष्ट्रिव्युटर्स एवं साधारण प्रयोगकर्ता अवलोकनकर्ताको रुपमा सहभागि भइरहेका छन् ।

एक्स्पो सञ्चालनको शुरुवाती दिनमै भएको अवलोकनकर्ताको उल्लेख्य उपस्थितिले आफूहरुलाई निकै उत्साहित बनाएको कम्पनीका सेल्स डाइरेक्टर विजय केसीले बताए । एक्सपोमा आफूहरुले सामान बिक्रीलाई भन्दा पनि प्राविधिक परामर्श एवं सेवाग्राहीका गुनासालाई बढी महत्व दिएको समेत केसी बताउँछन् ।

मेलामा सहभागिहरुलाई सामान खरिदमा उच्च दरमा छुट तथा सहुलियतका कार्यक्रमहरु समेत रहेका छन् ।

एक्स्पोमा भएको उल्लेखनीय सहभागिताले गर्दा आगामी दिनमा पनि उक्त एक्स्पोलाई निरन्तरता दिँदै जाने कम्पनी योजना बनाएको छ ।

नेपालको अग्रणी आइटी सेवाप्रदायकको पहिचान बनाएको सागर ग्रुपले सूचना प्रविधि क्षेत्रको लागि आवश्यक सबैजसो सामानहरु एकै ठाऊँमा उपलब्ध गराउने गरी ‘वन स्टप सलुसन’का रुपमा सेवा प्रदान गर्दै आएको छ ।

नेपालको ठूलो आयातकर्ताको रुपमा समेत पहिचान बनाएको यस कम्पनीले विभिन्न देशमा उत्पादित गुणस्तरीय सामाग्रीहरु नेपाली ग्राहकमाझ पस्कँदै आएको छ । साथै यस कम्पनीले बिक्री पछिको सेवालाई समेत विशेष महत्व दिँदै आएको छ ।

यस कार्यको लागि देशभर ठूलो सञ्जाल स्थापना गरी सबैजसो ठाउँमा प्राविधिकहरुलाई खटाउन कम्पनी सफल रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij