२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

चिकित्सक संघको अध्यक्षमा चुनिए डा.अनिलबिक्रम कार्की

चिकित्सक संघको अध्यक्षमा चुनिए डा.अनिलबिक्रम कार्की

 

काठमाडौं । नेपाल चिकित्सक संघको अध्यक्षमा लोकतान्त्रिक समूहका डा. अनिलविक्रम कार्की विजयी भएका छन् ।

कार्कीले ३ हजार ५३७ मत ल्याउँदै जित हासिल गरेका हुन् । अध्यक्षका अर्का उम्मेदवार प्रगतिशील समूहका डा. सन्तोष पौडेलले २ हजार २२३ र स्वतन्त्र उम्मेदवार डा. शिवजीविक्रम सिलवालले २९० मत प्राप्त गरे ।

मंगलबार सम्पन्न मतगणना अनुसार एकजना सदस्यबाहेक लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको छ ।

यस्तै, महासचिवमा पनि लोकतान्त्रिक समूहकै डा. सञ्जीव तिवारी २९१८ मतका ल्याएर विजयी भए । उनका निकतम प्रतिद्वन्द्वी डा. अमृत भुसाल १५४१ मत ल्याएर भने अर्की उम्मेदवार डा. रक्षा श्रेष्ठले भने १५०५ मत ल्याएकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij