२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनकै पक्षमा उच्च अदालतको फैसला

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनकै पक्षमा उच्च अदालतको फैसला

उच्च अदालत पाटनले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अशोक शेरचनको पक्षमा फैसला गरेको छ ।

सोमबार प्रमुख कार्यकारी अधिकृत शेरचनलाई नियुक्त गर्ने निर्णय खारेज हुनुपर्ने माग गर्दै दायर रिटमा उच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

उच्च अदालत पाटनमा न्यायाधीशद्वय श्यामजी प्रधान र अमृतबहादुर बस्नेतको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

उच्च अदालत पाटनले उनको कार्यकाल र नियुक्तिलाई लिएर हालिएको रिटमा अन्तरिम फैसला दिनु नपर्ने बताएको छ ।

सिइओ शेरचनले अवैधानिक रुपमा तेस्रो कार्यकालका लागि नियुक्ति लिएको भन्दै गत माघ १३ गते अधिवक्ता अनिता थापा केसीले नेपाल राष्ट्र बैंकलाई समेत विपक्षी बनाई उच्च अदालत पाटनमा मुद्दा दायर गरेकी थिइन् । सोही मुद्रामा अन्तरिम आदेश दिन अस्वीकार गर्दै उच्च अदालतले सोमबार सिइओ शेरचनको पक्षमा फैसला गरिदिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij