
काठमाडौं । ग्रिल तथा स्टिल ब्यबसायीहरुको हक हित र उत्थानको लागि लामो समय देखि निरन्तर कार्य गरिरहेको संस्था ग्रील तथा स्टील ब्यबसायी संघ काठमाडौं पश्चिम क्षेत्र र सो अन्तरगतका बालाजु ,चमती, खुसीबूँ इकाई, सामाखुसी, गोङ्गबु इकाई , सानो भर्याङ, ठुलो भर्याङ इकाई, सितापाईला इकाईको संयुक्त नवौं साधारणसभा तथा तेस्रो अधिवेशन भब्यताको साथ सम्पन्न भएको छ ।
पश्चिम क्षेत्रका अध्यक्ष शैलेस ठकुरीको सभापतित्व र ग्रील तथा स्टील ब्यबसायी महासंघका अध्यक्ष मोहन कटुवालको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष निरन्जन कुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष ठुलोबाबु श्रेष्ठ, उपाध्यक्ष केदार अधिकारी , महासचिव बिवेकदास श्रेष्ठ काठमाडौं जिल्लाका अध्यक्ष यज्ञदास श्रेष्ठ, काठमाडौं जिल्लाका महासचिव राजुलाल श्रेष्ठ, काठमाडौं पुर्वी क्षेत्रका अध्यक्ष रोहित श्रेष्ठ, पुर्वी क्षेत्रका इकाई अध्यक्षहरु ,पश्चिम क्षेत्रका इकाई अध्यक्ष तथा पदाधिकारीहरु, ग्रील तथा स्टील ब्यबसायका ब्यबसायी तथा कर्मचारीहरु, बिभिन्न क्षेत्रका समाजसेवीहरु तथा मिडियाकर्मीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा आफ्नो प्रतिवेदन पेश गर्दै पश्चिम क्षेत्रका अध्यक्ष शैलेस ठकुरी ले यो संस्थालाई ब्यवस्थित बनाएर अगाडी बढाउन महासंघ,जिल्ला,क्षेत्र ,इकाई तथा ब्यबसायीहरुको आ—आफ्नै ठाउँमा महत्वपुर्ण भुमिका रहने बताउनुभयो ।
ग्रील तथा स्टिल ब्यबसायी संघ भित्रका आन्तरिक पक्षलाई मिलाउँदै आम ब्यबसायी तथा मजदुरहरुको समेत हितमा कार्य गर्ने उदेश्य लिएर अगाडी बढ्ने क्रममा ग्रील तथा स्टील ब्यबसायी संघ काठमाडौं ,भक्तपुर,ललितपुरका नव निर्वाचित पदाधिकारीहरुसँग शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना, ग्रील तथा स्टील ब्यबसायी महासंघका नव निर्वाचित पदाधिकारी ज्यू हरुलाई शुभकामना तथा बृहत बनभोज कार्यक्रम आयोजना, बृहत विश्वकर्मा पुजा कार्यक्रम आयोजना ,महासंघले आयोजना गरेको बिभिन्न कार्यक्रममा सकृय सहभागिता, काठमाडौं जिल्लाले आयोजना गरेका बिभिन्न कार्यक्रममा सकृय सहभागिता,कोभिड १९ को अत्यधिक प्रभाव परेको अबस्थामा निशुल्क भोजन कार्यक्रमको आयोजक टिममा बसि कार्य गरेको तथा पत्रकार र संचारकर्मी हरुलाई समेत सहयोग गरेको, आफ्नो क्षेत्र अन्तरगत रहेका ब्यबसायी तथा मजदुरहरुको समस्यामा सक्दो सहयोग गरेको, अन्तर संस्था तथा ब्यबसायी बिच नियमित अन्तरकृया गदै आइ रहेको,फलाम जन्य वस्तुको मुल्य बृद्धि को बिरुद्ध बिभिन्न चरणबद्ध कार्यक्रमहरुमा सकृय सहभागिता जनाएको ,बिभिन्न ठुला हार्डवेयर हरुले ग्रील तथा स्टील ब्यबसायी र उपभोक्तालाई ठगी गरिरहेको भन्ने सुचनाको आधारमा सम्बन्धित सरकारी निकाय सहित राजेश हार्डवेयरको बालाजु डिपोमाथि छानबिन गर्दा स प्रमाण भेटिए पछि कार्वाहिको लागि सम्बन्धित निकायमा बुझाएको,वातावरणीय प्रदुषण न्युनिकरणमा चक्रपथ सरसफाई अभियान संग सहकार्य गरेर कार्य गरेको तथा सामाखुसी देखि बसुन्धारा चौकी सम्म २५ वटा डस्बिन ब्यबस्था गरेको लगायतको कार्यमा पश्चिम क्षेत्र र सो अन्तरगतका सबै इकाईहरुको महत्वपुर्ण भुमिका रहेको बताउनुभयो ।
आफ्नो क्षेत्रको तर्फबाट प्रतिवेदन पेश गर्दै अध्यक्ष शैलेस ठकुरीले “ग्रील तथा स्टील ब्यबसायी संघ को स्थापना संगै कतिपय अवस्थामा केही सुधार भने आएकाे बताए ।
कार्यक्रममा पश्चिम क्षेत्र अन्तरगतका चारवटै इकाईका अध्यक्षहरुले प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो ।
गोंगबु ,सामाखुसीका इकाईका अध्यक्ष शिवलाल श्रेष्ठ, सानो भर्याङ ठुलो भर्याङ इकाईका अध्यक्ष उत्तम श्रेष्ठ, सितापाईला इकाईका अध्यक्ष मनोज रोईलाले आफ्नो स्वागत मनतव्य राख्ने क्रममा माथिल्लो समितिले व्यावहारिक रणनीति तथा कार्यनिति बनाएर लागु गर्नसके यो संस्थाको भबिष्य उज्जल रहेको तर सरकारी निकाय संगको सहकार्य र समन्वयमा कमि हुँदा व्यवसायीहरुलाई समय सापेक्ष उत्थान गर्न भने नसकिएको बताउनुभयो ।
ग्रिल तथा स्टील व्यवसायी संघलाई यहाँ सम्म ल्याउन महत्वपुर्ण भुमिका खेलेका महासंघका अध्यक्ष मोहन कटुवालले प्रमुख अतिथिको रुपमा आफ्नो मनतव्य राख्दै आउँदो अधिवेशन बाट आफुले नेतृत्व हस्तान्तरण गर्न लागेकोले अब आउने नेतृत्व सक्षम र सबल आउनुपर्नेमा सबैले जोड दिनुपर्ने बताउनुभयो ।
अधिवेशनबाट बालाजु, चमती,खुसीबूँ इकाई अध्यक्षमा राजकुमार खड्का, सामाखुसी, गोङ्गबु इकाई अध्यक्षमा गोपाल बि.क, सानो भर्याङ ,ठुलो भर्याङ इकाई अध्यक्षमा दिलिप लामा ,सितापाईला इकाइ अध्यक्षमा राजकुमार राई निर्विरोध निर्वाचित हुनु भएको छ भने पश्चिम क्षेत्रमा भने पुर्व अध्यक्ष शैलेस ठकुरीले नै अध्यक्षको जिम्मेवारी पाउनु भएको छ ।
ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं बाट पशुपति श्रेष्ठको संयोजकत्वमा राम प्रमोद ठाकुर र हरि प्रसाद लामिछाने सदस्य रहने गरि पठाईएको निर्वाचन समितिले सबै इकाई तथा पश्चिम क्षेत्रको निर्वाचन सम्पन्न गरि निर्वचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ समेत आजै खुवाएको छ ।
निर्वाचित पदाधिकारीहरुले केहिदिनमै आफ्नो कार्यभार सम्हाल्ने क्षेत्रका अध्यक्ष शैलेस ठकुरीले बताउनुभयो । कार्यक्रममा पाँचवटै इकाईका एक एक जना उत्कृष्ट व्यवसायीलाई दोसल्ला ओढाएर प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।
महासंघका अध्यक्ष मोहन कटुवाल, वरिष्ठ उपाध्यक्ष निरन्जन कुमार श्रेष्ठ र काठमाडौं जिल्ला अध्यक्ष यज्ञदास श्रेष्ठ लाई पनि दोसल्ला ओढाएर सम्मान तथा अतिथि र पत्रकारहरुलाई समेत मायाको चिनो प्रदान गरिएको थियो ।
ग्रिल तथा स्टिल व्यवसायी संघ पूर्वी क्षेत्रले बिहीबार मात्र वनभाेज सहित अधिवेसन सम्पन्न गरेकाे थियाे।
हाल महासंघमा ९ हजार भन्दा बढी व्यवसायीहरु छन् । बार्षिक आफूहरुले करिब ६० अर्ब बराबरकाे ग्रिलजन्य सामान उत्पादन गर्ने महासंघका अध्यक्ष माेहन कटुवाल बताउँछन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij