२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

उत्पादक र उपभोक्तालाई आपसमा जोड्ने पुल बन्नेछ मेलाः बास्कोटा

उत्पादक र उपभोक्तालाई आपसमा जोड्ने पुल बन्नेछ मेलाः बास्कोटा

शान्ता बास्कोटा कोइराला, महासचिव, अर्गानिक एसोसिएसन नेपाल

काठमाडौं । छैठौं संस्करणको रुपमा फागुन २ देखि ६ गते सम्म आयोजना हुन लागेको यस पटकको प्राङ्गारिक कृषि मेला भृकुटीमण्डपमा आयोजना हुन लागेको छ । यतिबेला आयोजक पक्षहरु उक्त मेलाको तयारीमा व्यस्त छन् । आफूहरुले विगतका बर्षहरुमा पाटन सङ्ग्राहलय परिसरमा आयोजना गर्दै आएको यसपटक उपभोक्ताको सहजतालाई मध्यनजर गरी भृकुटीमण्डपको सुगम स्थलमा मेला आयोजना गर्न लागेको अर्गानिक एसोसिएसनकी महासचिव शान्ता बास्कोटा कोइरालाले बताउनुभयो ।

मेलामा मौलिक हस्तकलाजन्य उत्पादन, रैथाने बाली एवं उद्यमशिल महिलाहरुबाट उत्पादित सामानहरुलाई प्राथमिकता सहित द्रदर्शनीको लागि राखिनेछ । जसले गर्दा नेपालमा भएका सम्भावनाहरु बारे सर्वसाधारणलाई परिचित हुने अवसर समेत मेलाले प्रदान गर्नेछ ।

मेला घरेलु तथा साना उद्योग महासंघ, प्राङ्गारिक एसोसिएसन नेपाल र कञ्चनजंगा टि स्टेटको संयुक्त आयोजनामा हुन लागेको हो ।
यसपटकको मेलामा कुल १ सय ८६ स्टल रहने र त्यसमध्ये करिब ४० स्टलहरु प्राङ्गारिक कृषिका रहने आयोजक संस्था नेपाल अर्गानिक एसोसिउसनकी महासचिव एवं कञ्चनजङ्घा टि स्टेट एण्ड रिसर्च सेन्टरकी प्रबन्ध निर्देशक शान्ता बास्कोटा कोइरालाले बताउनुभयो ।

सेतोघर डट कमसँगको कुराकानीको क्रममा बास्कोटाले भृकुटीमण्डपमा हुन लागेको मेलामा प्राङ्गारिक एवं विषादीरहित कृषिजन्य उत्पादन र घरेलु साना र मझौला उद्योगीले उत्पादन गर्ने स्वदेशी वस्तुहरुका अलग–अलग प्याभिलियन रहने बताउनुभयो ।

यसपटकको छैठौं संस्करण सम्म आइपुग्दा नेपालमा विषादी न्यूनीकरणलाई आफूहरुले बढी महत्व दिँदै आएको बास्कोटाले बताउनुभयो । नेपालमा विषादीको मात्रा

घटाउँदै लैजानको लागि मेलाले उत्पादकहरुलाई पनि प्रेरित गरिरहेको बास्कोटाको धारणा छ ।
भृकुटीमण्डप प्राङ्गणमा आयोजना गरिने मेलामा सबैजसो जिल्लामा उत्पादन हुँदै आएका कृषिजन्य उत्पादन तथा लघु घरेलु औद्योगिक उत्पादन एकै ठाऊँमा उपलब्ध हुनेछन् ।

मेला उपभोक्ता एवं व्यवसायीहरुले सिधै अन्तरक्रिया गर्ने उपयुक्त प्लेटफर्म बन्दै गएको कारण आफूहरुले निरन्तर रुपमा आयोजना गर्दै आएको बास्कोटाले बताउनुभएको छ ।

कृषिको व्यावसायिकरण एवं बजारीकरण, उद्यमशिलता जागरण र स्वदेशी वस्तुको उपयोगलाई प्रेरित गर्नु नै आफूहरुको मुख्य उद्देश्य रहेको समेत ऊहाँले बताउनुभयो ।
पछिल्ला दिनहरुमा नेपालमा विषादीरहित प्राकृतिक उत्पादनहरुको माग बढ्दै गएको छ । उपभोक्ताहरुमा सचेतना बढ्दै गइरहेको स्थितिमा कुन वस्तु कहाँ पाउन सकिन्छ भन्ने सूचना सहज रुपमा प्राप्त गर्न मेलाले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

मेलामा उपलब्ध सबै सामानहरु स्वदेशी नै रहनेछन् ।

मेलामा अल्लो, हेम्प, ढाका, औषधीजन्य उत्पादन, चिया, कफी, मह, फलफूल, तरकारी, रेशाजन्य उत्पादन लगायत उपलब्ध हुनेछन् ।

उत्पादक र उपभोक्तालाई आपसमा जोड्न यस्ता मेला विशेष फलदायी हुन सक्ने र प्रतिष्पर्धात्मक बजारमा आफ्ना कमजोरीहरुलाइृ सुधार गर्दै लैजान उत्पादकको लागि सहयोगी बन्ने बास्कोटाको धारणा छ ।

बजारमा कस्ता वस्तुको आवश्यकता छ ? उपभोक्ताको चाहना के कस्तो छ ? उपभोक्ताले आफ्ना उत्पादनलाई कसरी लिइरहेका छन् ? भन्ने कुराको सिधै प्रतिक्रिया उत्पादकले मेलाबाट पाउन सक्ने भएको र आवश्यकता बमोजिम उत्पादन, प्याकेजिङ र बजारीकरणका तौरतरिका बदली व्यवसाय विस्तारमा सहयोग पुर्याउन मेलाले आवश्यक सहयोग पुर्याउने अपेक्षा समेत गर्न सकिन्छ ।

कार्यशाला गोष्ठी पनि गरिँदै
अर्गानिक उत्पादनलाई लक्षित गरी यसपटक कस्तो वस्तुलाई अर्गानिक भन्ने र यसका मापदण्डहरु के छन् ? भन्ने सम्बन्धमा कार्यशाला गोष्ठी आयोजना गरिने मेला आयोजकको तर्फबाट बास्कोटाले बताउनुभएको छ ।

अहिले नेपालमा अर्गानिक उत्पादनको सङ्ख्या तुलनात्मक रुपमा न्यून रहेको भएपनि प्राकृतिक रुपमा विषादीरहित उत्पादनको सङ्ख्या बढ्दै गइरहेको बास्कोटाको दावी छ । उत्पादकहरुको चाहना अर्गानिक उत्पादन तर्फ नै जाने रहेकोले उनीहरुलाई प्रवद्र्धन गर्न आफूहरु सदैव तयार रहने समेत बास्कोटाले बताउनुभयो ।

गुणस्तरीय उत्पादन ल्याउन सकेको खण्डमा यहाँ उत्पादित सामानको बजार स्वदेशी मात्र नभई विदेशमा पनि राम्रो अवसर रहेकोले उत्पादकलाई उत्पादनको उपयुक्त बजार बारे आवश्यक समन्वय गर्न र राज्यका निकायहरुलाई समेत उचित नीतिगत पहलको लागि दवाव दिन मेलाकै अवसर पारेर कार्यशाला गोष्ठी गरिन लागेको बास्कोटाले बताउनुभयो ।

बास्कोटा हाल घरेलु तथा साना उद्योग महासंघकी एसोसिएट उपाध्यक्ष समेत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij