२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

देशमै केही गर्छु भन्ने अठोट बोकेका एक युवाको हृदयविदारक कथा

देशमै केही गर्छु भन्ने अठोट बोकेका एक युवाको हृदयविदारक कथा

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनअघिको सडकमा आत्मदाहको प्रसास गरी अहिले जीवन–मरणको दोसाँधमा रहेका प्रेमप्रसाद आचार्य सन्तोषले आफ्नो फेसबुकमा मार्मिक स्टाटस लेखेको फेला परेको छ ।

सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले देशमा गरिखाने अवस्था नभएकोले आफूले मृत्यु रोज्न खोजेको लेखेका छन् ।

विभिन्न उद्योग व्यवसायमा असफलता पाएको, ऋण लागेको, सरकारले उद्योग व्यवसायलाई सहयोग नगरेको जस्ता कारणबाट आफू विचलित भएको सबै कथा उनले फेसबुकमा लेखेका छन् ।

आफूलाई युवा उद्यमी भन्दै ३६ वर्ष पार गर्दा पनि गरिएको कुनैपनि कामबाट केही उपलब्धि हासिल नभएको भन्दै असफलताको कथा लेखेको बताएका छन् ।

इलाम सुर्याेदय नगरपालिका ११ केराबारीका गौतमले मंगलबार बानेश्वरको संसद भवन अघि आत्मदाहको प्रयास गरेका थिए । उनकाे उपचारकाे क्रममा मृत्यु भएकाे छ ।

https://www.facebook.com/premprasad.acharya.1

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij