२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

गण्डकी प्रदेशमा मन्त्रालयको संख्या ७ कायम गरिने

गण्डकी प्रदेशमा मन्त्रालयको संख्या ७ कायम गरिने

पोखरा । गण्डकी प्रदेशको मन्त्रालय घटाएर ७ मा झारिने भएको छ । मुख्यमन्त्री खगराज अधिकारी आइतबार साँझा सत्तारुढ दलका नेता तथा मन्त्रीहरुसँग छलफल गरेर मन्त्रालयको संख्या टुंगो लगाएका हुन् ।

हाल गण्डकी प्रदेशमा १२ वटा मन्त्रालय छन् । सबै प्रदेशमा सुरूमा बढिमा ७ मन्त्रालय बनाइएको थियो । नेकपा विभाजनले सरकार नै धरापमा परेपछि तत्कालिन पृथ्वीसुब्बा गुरुङले मन्त्रालयको संख्या सुरूमा ८ बनाए, पछि ११ मन्त्रालयसम्म बनाउन उनले नै बाँडफाँड गरेका थिए ।

तर पनि पृथ्वीसुब्बाको सरकार ढल्यो । नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा सरकार बनेपछि ११ वटा मन्त्रालय कायम गरिएको थियो । तर कांग्रेसमा भागवण्डा मिलाउन पोखरेलले डोबाटे विलाई आन्तरिक मन्त्री बनाउँदै मन्त्रालयको संख्या १२ पुर्याए ।

मुख्यमन्त्री बन्ने योजनाका साथ प्रदेशमा झरेका अधिकारीले सुरूदेखि नै मन्त्रालयको संख्या घटाउने बताएका थिए ।पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री हुँदाको सुरुमा भएको आकारमा ७ मन्त्रालय बनाउन चाहेका थिए ।

तर सत्ता साझेदार दल र एमालेभित्रै भागबण्डा मिलाउन मन्त्रालयको संख्या ९ बनाउन दबाब परेको थियो । ‘मन्त्रालयको संख्या ७ भन्दा धेरै नबढाउने लगभग सहमति भयो,’ गण्डकी प्रदेश सरकारकी प्रवक्ता तथा विनाविभागीय मन्त्री सीता सुन्दासले भनिन्, ‘भोलि बिहानसम्म मन्त्रालय भागबण्डा सकिन्छ । सकेसम्म भोलि नै मन्त्रिपरिषद बिस्तार हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij