२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

नेपाल महर्षि वैदिक फाउण्डेसन र काठमाडौं विश्वविद्यालय बीच सहकार्य हुने

नेपाल महर्षि वैदिक फाउण्डेसन र काठमाडौं विश्वविद्यालय बीच सहकार्य हुने

काठमाडौं । काठमाडौं विश्वविद्यालयमा योगी साइन्स एण्ड वेलवीइङसको स्नातक तहमा चार बर्षको कोर्ष संचालनकाे लागि नेपाल महर्षि वैदिक फाउण्डेसन र काठमाडौं विश्वविद्यालय बीच सहकार्य गरिने भएको छ ।

महर्षि महेश योगीको जन्मजयन्तीको अवसरमा दक्षिणकाली नगरपालिका वोसन, सरस्वतीनगरस्थित नेपाल महर्षि वैदिक फाउण्डेसनको वास्त्तु भवनमा विहिवार आयोजित एक कार्यक्रम माझ दुई पक्ष बीच सम्झौता भएको हो । उक्त सम्झौतामा फाउण्डेसनकातर्फबाट अध्यक्ष दिपक प्रकाश बाँस्कोटा र काठमाडौं विश्वविद्यालयकी डिन सूकमाया पुनले हस्ताक्षर गर्नुभएको छ ।

सो अवसरमा जगदगुरु बाल सन्त मोहनशरण देवाचार्यज्यूले महर्षि महेश योगीज्यूको नेपाल आगमनको ऐतिहासिक महत्व रहेको चर्चा गर्नुभयाे ।

नेपाल महर्षि वैदिक फाउण्डेशनका अध्यक्ष डा. दीपकप्रकाश बास्कोटाले महर्षि महेश योगीसँगको विगतमा एक दशक लामो संगत रहेको चर्चा गर्नुहुँदै महर्षिले सुरु गराउनुभएको नेपालको यज्ञमार्फत अपराधको हार भएको अनुभव सुनाउनुभयो । नेपाल महर्षि वैदिक फाउण्डेशनका अध्यक्ष डा. दीपकप्रकाश बास्कोटाले महर्षि महेश योगीसँगको पहिलो भेटबाटै आफू प्रभावित भएको उल्लेख गर्नुहुँदै उहाँले देखाएको मार्गमा हिँड्न सके मानव जीवन साथै समाजले शान्ति र समृद्धि हासिल गर्न सक्ने दाबी गर्नुभयाे ।

काठमाण्डौ विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले सहकार्यसम्बन्धी चर्चा गर्दै भन्नुभयो – “काठमाण्डौ विश्वविद्यालय सार्वजनिक विश्वविद्यालय हो जसले डाक्टर इञ्जिनियर जस्ता व्यक्ति उत्पादन गर्न त सफल भएको छ तर विज्ञान र प्रविधिमा मात्र भर पर्नाले खास केही गर्न सकेनौं । हाम्रो ज्ञानलाई वैदिक ज्ञानसँग जोड्न सकेमा मात्र परिपूर्ण हुन सक्ने रहेछ भनेर नै सहकार्यलाई अगाडि बढाएका हौं ।”

त्यसैगरी डा. चिन्तामणि योगीले समारोहलाई सम्बोधन गर्दै वेद भन्दा ठूलो प्रमाण अरु केही नरहेको बताउनु भयो । महर्षिजीको उद्घोषलाई म सम्मानसाथ सम्झिरहन्छु । साथै नेपालका सबै विश्वविद्यालयहरुमा नेपाली परम्परा र वैदिक ज्ञानको पठनपाठन गराउन चेतनामा आधारित शिक्षाले मद्दत गर्दछ ।” उहाँले भन्नुभयो ।

सो अवसरमा विश्व आत्रनेय युथ क्लबकी अध्यक्ष सुश्री चन्द्रकला सखीले वेदलाइृ आधुनिक विज्ञानसँग जोड्न महर्षि महेश योगीको अतुलनिय योगदान रहेको बारे चर्चा गर्नुभयो ।

उक्त समारोहमा सभापतित्व डा. दीपकप्रकाश बास्कोटाले गुर्नभएको थियो भने कार्यक्रम सञ्चालन चाँही महर्षि सन्देशका प्रधान सम्पादक भरतराज पौडेलले गर्नुभएको थियो । त्यसरी नै कार्यक्रमको सुरुवात गुरुपूजनको संयोजन भावातीत ध्यान सिद्धिप्रशिक्षिक मीनराज अधिकारीले गुर्नभएको थियो भने स्वागत मन्तव्य नेपाल ग्लोवल मदर डिभाइन अर्गनाइजेशनका अध्यक्ष कल्पना घिमिरेले राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij