२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

प्रधानमन्त्री प्रचण्डलाइ प्राप्त भयाे विश्वासकाे मत

प्रधानमन्त्री प्रचण्डलाइ प्राप्त भयाे विश्वासकाे मत

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाइ अनपेक्षित विश्वासकाे मत प्राप्त भएकाे छ । उहाँले प्रतिनिधि सभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रतिनिधि सभामा मंगलबार भएको विश्वासको प्रस्तावको मतदानमा उहाँको पक्षमा दुई सय ६८ र विपक्षमा दुई मत परेको थियो।

कुल सांसद मध्ये बैठकमा अनुपस्थितकाे संख्या ५ रहेकाे र घ सय७० सांसदकाे  उपस्थित रहेकाे कुल २ सय ६८ मत प्रधानमन्त्रीले प्राप्त गरेका हुन् ।

उक्त सभामा सांसदहरू अम्बिका बस्नेत, किशोरसिंह राठौर र मनोरमा शेरचनकाे अनुपस्थिति रहेकाे थियाे ।

सभाका सञ्चालक ज्येष्ठ सदस्य जबरा रहनुभएकाे थियाे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाललाई यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो। प्रतिनिधिसभा सदस्यको यही मङ्सिर ४ गते भएको निर्वाचनमा ३२ सिटसहित माओवादी केन्द्र तेस्रो ठूलो दलका रुपमा सदनमा छ।

उहाँले नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिनुभएको हो। धारा ७६ उपधारा ९२० अनुसार नियुक्त प्रधानमन्त्रीले उपधारा (४) बमोजिम त्यसरी नियुक्त भएको एक महिनाभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने ह्छरन्।

प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij