२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

सूर्यज्योति लाइफ इन्स्योरेन्सले पायाे आईएसओ

सूर्यज्योति लाइफ इन्स्योरेन्सले पायाे आईएसओ

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आईएसओ गुणस्तर चिन्ह प्राप्त जीवन बीमा कम्पनीको मान्यता पाएको छ ।

युनाइटेड रजिस्टर अफ सिस्टम (यूआरएस) ले कम्पनीको व्यवस्थापन, कर्मचारी सुशासन र सेवाको गुणस्तरको आधारमा सूर्यज्योतिलाई आईएसओ ९०००१ः२०१५ को मान्यता प्रदान गरेको हो ।

सूर्यज्योति लाइफले ४ जनवरी ४ सन् २०२३ मा आधिकारीक गुणस्तर चिन्ह प्रमाणपत्र प्राप्त गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले जानकारी दिए ।

यस गुणस्तर प्रमाण चिन्ह प्राप्त गरेसँगै कम्पनीले कार्यविधि र प्रविधिमा परिमार्जन र थप सुदृढ गर्दै बीमितहरुलाई सेवा सुविधामा थप सबल र सहज पार्दै लैजाने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij