
माओवादी केन्द्रको बागमती प्रदेशको संसदीय दलको नेतामा शालिकराम जमरकटेलको नाम चयन भएको छ ।
शनिबार काठमाडौंमा भएको छलफलमा दलको नेतामा जमरकटेलको नाम अघि सारिएको प्रदेश सांसद कुमारी मोक्तानले जानकारी दिइन् ।
दलको नेतामा अर्का प्रदेश सांसद सहयात्रीले पनि दावी गरेका थिए । संसदीय दलको नेता बनाउन चुनाव नगरी सर्वसहमतिबाट टुङ्गो लगाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका थिए ।
प्रचण्डको निर्देशनपनि सहमति जुटाउनका लागि माओवादी नेताहरू हितमान शाक्य, नारायण दाहाल लगायत खटिएका थिए ।
निर्वाचनबाट संसदीय दलको नेता चयनको माग गर्दै आएका प्रदेश सांसद सहयात्रीले पार्टीको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
सहमतिको नाममा जमरकटेललाई दलको नेता बनाएको भन्दै उनले सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि सार्वजनिक गरेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij