
काठमाडौं । एक आपसमा मर्जरमा जानका लागि सम्झौता गरेका हिमालयन बैंक र सिभिल बैंकको सेयर आदान प्रदान अनुपात (स्वाप रेसियो) घटेको छ ।
गत असार २९ गते हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्न प्राम्भिक सम्झौता गरेको थियो । सो सम्झौतामा हिमालयन बैंकले १००ः८१ को स्वाप रेसियो घटेको हो ।
उच्च स्रोतका अनुसार अब हिमालयन बैंकले सिभिल १००ः८०.२८ स्वाप रेसियोमा प्राप्ति गर्ने भएको हो । स्रोतले भन्यो, -‘हिमालयनले सिभिललाई प्राप्ति गर्न प्रारम्भिक सम्झातामा भएको स्वाप रेसियो परिवर्तन भएको छ, अब १००ः८०.२८ कायम भएको छ ।’
यी दुवै बैंकको एकीकृत कारोबार भने पुस मसान्तभित्र नहुने भएको हो । प्राविधिक कारण लगायतले पुस मसान्तभित्र एकीकृत कारोबार गर्ने हुन नसकेकाे हाे ।
राष्ट्र बैंकले तोकेको समयभित्र एकीकृत कारोबार गर्न सम्भव नभएको तर, माघ मसान्तसम्म सुभारम्भ गर्दा पनि मर्जरको सुविधा पाउनका लागि राष्ट्र बैंकलाई अुनरोध गर्ने भएको बताइएको छ ।
पुसमसान्तभित्र एकीकृत कारोबार गर्न नसकेता पनि राष्ट्र बैंकले प्रदान गर्ने सुविधा प्राप्तिका लागि भने राष्ट्र बैंकलाई अनुरोध गरेको स्रोतले बताएको छ ।
तर, यी दुवै बैंकले आगामी माघ १८ गतेभित्र एकीकृतक कारोबार थालनी गर्ने स्रोतको भनाई छ ।
बैंकले एकीकृत कारोबारका लागि आवश्यक काम अघि बढाएको र पुस भित्र सुरुवात गर्ने बताइएको छ ।
यी दुवै बैंकले आउँदो पुस २८ गते साधारण बोलाएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij