श्यामकुमार खत्री, अधिवक्ताविश्व मानचित्रमा भुगोलको हिसाबले पृथ्वीको ०.१ प्रतिशत भूभाग नेपालले ओगटेको छ । नेपाल भौगालिक रुपमा विश्वको ९५.औं स्थानमा पर्दछ भने जनसंख्याको हिसाबले विश्वको ४३ औं स्थानमा पर्दछ । हामीले हाम्रो देश नेपाल लाई भू—परिवेष्टित सानो देश भन्ने गरेता पनि, नेपाल सँगै विश्वका २०० भन्दा धेरै राष्ट्रहरुलाई दाँजेर हेर्दा नेपाललाई सानो राष्ट्र भन्न मिल्दैन । विश्वका अन्य झण्डै सवा सय राष्ट्र भन्दा नेपाल भुगोलको हिसाबले ठूलो छ ।
भौतिक विकासको हिसाबले हेर्दा नेपाल विकासोन्मुख राष्ट्रमा पर्दछ भने आगामी दिनमा नेपालले निकट भविष्यमा नै विकासशिल राष्ट्रमा उक्लिन खोजिरहेको देखिन्छ । विकासोन्मुखबाट विकासशिल राष्ट्रको रुपमा उकालो लााग्ने दौडमा विभिन्न वाधा व्यावधानहरुको सामना देशले गरिरहनुपरेको छ । देशको चाहाा अगाडि बढ्ने हुम्दाहुँदै पनि राज्य संचालकहरुको अस्थिरता अदुरदर्शिता, लोभिपापीपन, घमण्ड, अकर्मण्यता, नातावाद कृपाबाद आदिका कारणबाट देशले काँचुली फेर्न सकेको छैन ।
नेपालको गणतात्रिक संविधान जारी भई सकेपछि भएका संघिय संसद तथा प्रदेशको संसदको मिति २०७४ सालमा सम्पन निर्वाचनमा नेपालका प्रगतिशिल पार्टिहरुको गठबन्धनले झण्डै दुई तिहाई बहुमत प्राप्त गरेकोमा विभिन्न खिचातानीका कारण ३ वर्ष पनि बित्दा नबित्दै सरकार परिवर्तन भयो । फलस्वरुप देशका घोषित उद्देयहरु पुरा गर्ने बाटाहरु धर्म¥याए । विद्यमान यस अवस्थामा भोलिका दिनमा देश बनाउने स्पष्ट खाकाहरु सहित राजनैतिक पार्टीहरु अगाडि नबढेमा वैकल्पिक शक्तिहरुले चलखेल नगर्लान् भन्न सकिँदैन । त्यसैले बेलैमा सबै राजनैतिक पार्टीहरुमा चेतना आउन जरुरी छ । कुनैपनि देशको दलिय व्यवस्थामा देश बनाउने जिम्मा राजनैतिक पार्टीकै काँधमा रहेको पाईन्छ । प्रजातन्त्रको बिषयमा भन्नुपर्दा जनताबाट निर्वाचित व्यक्तिबाट देशको शासन व्यवस्था संचालन गर्नुलाई नै प्रजातन्त्र भन्ने गरिन्छ । अर्थात प्रजातन्त्रको परिसुचकको रुपमा देशमा स्वतन्त्र न्यायपालिका, मानव अधिकार, आवधिक निर्वाचन प्रणली, शक्ति पृथकीकरणलाई नै देशले अबलम्बन गरेको छ वा छैन भनि मुल रुपमा हेरिन्छ । ती आधारभुत कुराहरुको अभावमा कुनै देशले भौतिक विकासको फड्को जति मारेतापनि त्यस्तो देशलाई प्रजातान्त्रिक र समुन्नत राष्ट्र भन्न मिल्दैन ।
नेपाल ठूला दुई शक्तिशालि राष्ट्रहरु उत्तरतर्फ चिन, दक्षिणतर्फ भारतको विचमा रहेको भू–परिवेष्टित राष्ट्र हो । नेपाल लाई भू–परिबष्ठिन राष्ट्र भनि भन्ने गरेतानि कोसी गण्डकी र कर्णाली नदीहरुलाई हेर्ने हो भने भविष्यमा ती नदीहरुको सतहमा सामान्य समथर बनाएर साना जल परिवहनहरु संचालन गर्न सकिन्छ भन्ने बिज्ञहरुको भनाइ समेत बेला–बेलामा सुन्नमा आएको छ । नेपालको प्रायः सबै क्षेत्रको माटोमा उर्वर शक्ति रेहेको मानिन्छ । नेपालको हिमाल, पहाड तथा तराईमा फरक—फरक किसिमका वस्तुहरु उत्पादनहरु गर्न सकिन्छ । त्यसरी एकातिर माटोको उर्वर शक्ति प्रयाप्त छ भने अर्कोतर्फ नेपालमा भौतिक विकासका लागि चाहिने महत्वपूर्ण कच्चा पदार्थ ढुंगा, माटो र फलाम प्रचुर मात्रामा भएको र युवा जनशक्तिको बाहुल्यता भएको यस्तो देश नेपालमा विकासको प्रचुर तथा प्रयाप्त संभावना भएर पनि समयमा देशको विकास हुन नसकेको कुरा कटु सत्य हो । नेपालको भू बनावट दक्षिणतिर बंगालको खाडितर्फ फर्केको हँुदा यहाँ बर्षाद भइरहने र जसको फलस्वरुप हरियाली र उर्वर क्षमता कायम रहने जमीन रहेको हो । नेपालको हिमाल पहाड तथा तराईमा समय अनुकुल विभिन्न अन्न, फलफूल, सागपातहरु उब्जाउ हुने माटो रहेको छ । यति हुँदाहँुदै पनि नेपालले विगत १२ –१५ बर्ष देखि खाद्यान्नमा आधारीत वस्तुहरु विदेशबाट आयात गरिरहेको छ । झण्डै एक दशक अघि सम्म नेपाल खाद्यान्नमा आत्मनिर्भर भएकोमा हाल आएर परनिर्भर भएको अवस्था छ । नेपालले आयात गरेका वस्तुहरुको अाँकडाहरु हेर्दा नेपालले पेट्रोलियम पदार्थ, फलाम, लत्ताकपडा, सुन, विद्युतीय उपकरणहरु, खाद्यान्न आदि मूल रुपमा आयात गरेको पाईन्छ । त्यसरी आयातित वस्तुहरुको ५८ प्रतिशत भारतबाट आयात गर्दछ भने बाँकी चीन, दक्षिण कोरिया, ईण्डोनेशिया, जापान, जर्मनी आदि देशहरुबाट नेपालमा सामानहरु आयात गरिन्छ ।
बिगत ५ बर्ष देखिको आँकडा हेर्दा नेपालको वैदेसिक व्यापार बढ्दो दरमा रहेको देखिन्छ । विश्वव्यापी कोरोना कहरको कारणबाट आ.ब. २०७६÷७७ को आँकडा हेर्ने हो भने आयातमा केही घटेको देखिन्छ । त्यसपछि फेरी बढि नै रहेको छ । नेपालले धेरै मात्रामा निकासी गर्नेमा पाम र सोयाविन तेलको नाम अग्र भागमा आउँछ । जुन दिगो होईन किनभने ती दुवै वस्तुमा बाहिरबाट कच्चा पदार्थ ल्याएर भारततर्फ निकासी गर्ने गरिएको छ । यदि भारतले आफ्ना ब्यापारहिरु लाई ती कच्चा पदार्थ ल्याउन खुल्ला गर्ने हो भने नेपालले त्यस प्रकारको व्यवसाय गर्न आँट गर्न सक्ने अवस्था छैन ।
नेपालको विगत ५ बर्ष अघि देखिको आयात निर्यात तर्फ हेर्दा निम्न अनुसारको देखिन्छ

माथि वर्णित तत्थ्यले नेपालको आयात निर्यातमा भएको बिबरणको चित्रण गरेको छ । माथि उल्लेखित विवरणबाट नेपालको व्यापार घाटा कुन दरमा रहेको छ भन्ने कुराको प्रष्ट पारिएको छ । जस्तो कि भारतमा आ.व. ०७३-७४ को मात्र हेदा हाम्रो आयात ६३३.७ अर्ब रहेको छ भने निर्यात केबल ७३.७ अर्ब मात्र रहेको छ । यसै आ.व.मा चीन तर्फ हेर्दा आयात १२७.२ अर्बको रहेको छ भने निर्यात तर्फ मात्र १ं.७ अर्ब रहेको छ । साथै कुनै पनि देशमा आयात निर्यातको समानता रहेको पाईंदैन, नेपालको प्रायः सबै देशमा व्यापार घाटा रहेको छ । यसबाट के देखिन्छ भने नेपालले हालको अवस्थामा व्यापार घाटा घटाउन सामान्य प्रयाशबाट पुग्दैन । नेपालले उत्पादनमा पुरै सुधार नगरी तथा नेपाली वस्तुहरुको व्यापक रुपमा उपभोग नबढाई व्यापार घाटामा कम हुनसक्ने अवस्था छैन ।
अब खाद्यान्न तर्फको नपालको अवस्था के छ त भनेर हेर्दा सन् २०२० र २१ को अबस्था हेर्दा निम्न अनुसारको तथ्यहरु देखिन्छ ।

माथि बर्णित बिबरणहरुबाट के देखिन्छ भने हामी हरेक बर्ष खाद्यान्नमा परनिर्भर भईरहेका छौं । नेपाल जहाँ उर्वर भूमी रहेको देशमा हरेक बर्ष खाद्यान्नमा हामी नै परनिर्भर हुनु राम्रो कुरा होईन । अहिले नेपालका युवा जनशक्तिहरु रोजगारकिा लागि मुख्यगरी खाडि मुलुकमा र पढ्ने लेख्ने वहानामा युरोप, अमेरिका, अष्ट्रेलिया जस्ता देशमा पलायन भईरहेका छन् । त्यसै कारणले गर्दा देशको कृषि काम गर्ने जनशक्तिको व्यापक अभाव भएको छ । गाँउघर बस्तिहरुमा जेष्ठ नागरिकहरु मात्र बस्नुपरेको अवस्था छ । त्यसैले पनि नेपालमा खाध्य उत्पादनमा कमी आईरहेको छ । त्यस्तै अर्को महत्वपूर्ण कारण के हो भने नेपालमा अव्यवस्थित शहरीकरण बढिरहेको छ । कृषि योग्य समथर भूमीहरुमा घरले भरिन थालेको छन् भने तराई र पहाडका कैयौं भूमीहरु बाँझिएका छन् ।
आज काठमाडौं उपत्यका, पोखरा उपत्यकाका उर्वर भूमी सिमेण्टेड जंगलले भरिएका छन् र यो क्रम बढिरहेको छ । यसतफै कसैले पनि चासो दिएको पाईएको छैन । भक्तपुर नेपालको तरकारीको भण्डारको रुपमा लिईन्थ्यो । नेपाल एकिरण पछि भक्तपुरको तरकारी काठमाण्डौंमा ल्याउँदा धेरै मात्रामा तरकारी आउने हँुदा तरकारीमा कर लगाईएको थियो । त्यस्तो धेरै तरकारी उत्पादन हुने भक्तपुरमा आज तरकारी उत्पादन नै हुँदैन । तरकारीको पकेट क्षेत्र मनहरा नदीको डोल क्षेत्रमा काठमाण्डांै उपत्यका नगर विकास आयोजनाको परियोजनाबाट नै जग्गा घडेरीमा विकास गरी शहरीकरण भईरहेको छ । हाल भक्तपुरमा तरकारी होईन, सिमेण्टेड घरहरुको जंगलले भरिएको छ । यस किसिमको कार्य नरोक्ने हो भने अब काठमाण्डौमा तरकारी फलाउने त के कुरा काठमाडौं उपत्यकामा पनि तरकारी फल्थ्यो र ? भन्ने समय अब निकट भविष्यमा नै आउँदैछ ।
अब नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउने हो र नेपालको ब्यापार घाटामा कम ल्याउने हो भने नेपालले कम्तिमा पनि देहाय बमोजिका नितिहरु अबलम्बन गर्नुपर्ने हुन्छ ।
क) बसाईसराईमा रोक लगाउनु पर्ने
नेपालको हालको समस्या भनेको बसाई सराई रहेको छ । पहाड र तराईका गाँउहरु खाली भईरहेका छन् । जब बस्तीहरु खाली भईरहेका छन् भने त्यहाँबाट कृषि उत्पादन हुन्छ भन्ने कुरा परिकल्पना .गर्न सकिँदैन । त्यसैले गाँउघरका बस्तिहरुलाई चाहिने आवश्यक सुविधाहरु दिएर मानिसहरुलाई बसाई सराई हुनबाट रोक्नु आजको एउटा टड्कारो आवश्यकता रहेको छ ।
ख) कृषिमा आधुनिकरण
अब घरायसी औजार प्रयाग गरेर कृषि उत्पादन गर्न सकिँदैन । त्यसैले कृषिमा आधुनिक औजार मल बिउ प्रयोगमा ल्याउनुपर्ने देखिन्छ । अब परम्परागत कृषि उत्पादन प्रणालीबाट उत्पादनको परिकल्पना गर्न सकिँदैन । त्यसैले यसतर्फ छिटै कार्य अगाडि बढाउन जरुरी देखिन्छ ।
ग) सामुहिक खेती प्रणालीको विकास
अब एकल परिवारबाट कृषि उत्पादन हुन सक्दैन । त्यसैले सामुहिक कृषि उत्पादन तर्फ प्रोत्साहित गर्न आश्यक छ । सामुहक कृषि प्रणाली अबलम्बन गरी जग्गाको चक्लाबन्दी क्रियालाई हटाएर कृषि लाई व्यावसायिकरण गर्न आवश्यक छ ।
घ) स्वदेशी उत्पादन प्रयोगमा प्रोत्साहनः
देश भित्र भएको उत्पादनको खपत बढाउन स्वदेशी उत्पादनलाई उपभोग गर्न प्रोत्साहन गर्न जरुरी छ । देश बाहिरको सामान लाई खपतमा कम गर्ने बित्तिकै बाहिरबाट सामान आउन आफैँ कमी आउने छ । त्यसतर्फ तत्काल ध्यान दिन जरुरी छ । नेपालका उद्योगबाट भएका उत्पानहरु मात्र प्रयोग गर्न राज्यले निती बनाउने हो भने स्वदेशी उत्पादन पनि बढ्ने र बिदेशी
मुद्रा पनि बाहिर नजाने वातावरण आफैं श्रृजना हुन्छ । त्यसतर्फ ध्यान दिन जरुरी छ ।
त्यस्तै विदेशबाट बिलासिताका समानहरुमा पैठारी रोक्नुपर्ने देखिन्छ । मदिराजन्य पदार्थ, चुरोट, हिरा, महँगा साडिहरु, निम्न कोटीका खाध्य वस्तु आदीमा हुने पैठारी पुरै बन्द गर्न आवश्यक छ । यस तर्फ सरोकारवालाको तत्काल ध्यान जाओस् । अन्यथा नेपाल आर्थिक संकटमा फस्न धरै समय लाग्दैन ।
ङ) उचित बजारीकणको ब्यबस्था
नेपालमा हाल भईरहेको उत्पादनले बजारको सही रुपमा पहँुच पाईरहेको छैन । सीमित बिचौलीयाहरुले बजार नियन्त्रणमा लिएर चलाईरहेका हुदा त्यसलाई नियन्त्रण र निराकरण गर्न कुनै पनि चिज बस्तुलाई उत्पादकहरुबाट उत्पादन पश्चात् सोझै उपभोक्ताहरु माझ पुर्याउने व्यवस्था राज्यको तर्फबाट हुन जरुरी छ । त्यसो भएमा उत्पादकहरुले मालको मोल पाउने र उपभोक्ताहरुले उचित मोलमा समान पाउने हुन्छ । त्यसैले यस सम्बन्धमा यथाशक्य छिटो आवश्यक व्यवस्था हुनु आजको टड्कारो आवश्यकता बनेको छ ।
नेपाल सानो भएपनि देश भित्र बाँच्न चाहिने आधारभुत समाग्री हामी आफैंले उत्पादन गर्न सक्छौं । कृषिमा आत्मानिर्भर भएको देश हाल बिबिध काणले कृषिमा परनिर्भर भएको छ । यदि नेपाल सकरकारले सहि नीति ल्याउने हो र सबै नेपालीहरु एकजुट भएर लाग्ने हो भने नेपाल आत्मनिर्भर राष्ट्र बन्न सक्ने कुरामा हामी सबैले विश्वास गरेर अगाडि बढ्नु आजको टड्कारो आवश्यकता हो । अन्यथा भविष्यमा हामी तथा हाम्रा सन्ततीहरुले पूर्ण रुपमा परनिर्भर हुन बेर लाग्ने छैन । सबैमा समयमै चतना भया ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij