२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

उत्पादनमूलक उद्योगहरु खोल्नुपर्नेमा नेता पाैडेलकाे जाेड

उत्पादनमूलक उद्योगहरु खोल्नुपर्नेमा नेता पाैडेलकाे जाेड

काठमाडौं । काठमाडौं-५ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले देशमा उत्पादनमूलक उद्योगहरु खोल्न जरुरी रहेको बतएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन जरुरी रहेको बताएका हुन्।

उनले आयातमुखी अर्थतन्त्रलाई अन्त्य गरेर निर्यातमुखी अर्थतन्त्र विकास गर्न जरुरी रहेको स्पष्ट पारे। उनले निर्यातमुखी अर्थतन्त्र विकास भए रोजगारीको अवसर सिर्जना हुने बताए ।

नेता पौडेलले आफ्नो विजयीलाई एउटा अवसरको रुपमा लिएको भन्दै आगामी दिनमा जनतासँग गरेका प्रतिबद्धताहरू पूरा गर्ने बताए । उनले मत प्राप्त गरे पनि अब आम नागरिकको मन जित्न जरुरी रहेको बताए ।

नेता पौडेलले अबको पाँच वर्षमा राजनीतिक व्यथितिको अन्त्य गर्ने, स्थानीय समस्या समाधान गर्ने र निर्वाचनमा जनतासँग गरेका वाता पूरा गर्ने प्रतिबद्धता जनाए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij