चिलिमे जलविद्युत कम्पनी लिमिटेड (CHCL) ले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई ७.५% बोनस शेयर र ७.५% नगद लाभांश गरी कुल १५% लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको सञ्चालक समितिको मिति २०७९/०८/२० गते (तद्नुसार डिसेम्बर ६, २०२२) मंगलवार वेलुकी ४:१५ बजे सम्पन्न ४१०औं बैठकबाट हालको चुक्ता पूँजी रू.६,७५,१७,९४,६७५.२३ को ७.५% अर्थात अक्षरेपी रु. ५० करोड ६३ लाख ८४ हजार ६००.६४ रुपैया मात्र बराबरको बोनस शेयर र ७.५% अर्थात अक्षरेपी रु. ५० करोड ६३ लाख ८४ हजार ६००.६४ रुपैया मात्र नगद लाभांश वितरण गर्ने निर्णय भएको हो।
कम्पनीले घोषणा गरेको लाभांश तथा वर्षिक साधारण सभा प्रायोजनको लागि २०७९ पौष ३ गते शेयर दाखिल खारेज बन्द (बुकक्लोज) हुने भएको छ। तसर्थ, मिति २०७९ मंसिर २९ गते सम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई नियमानुसार सि. डि. एस. एण्ड क्लियरिङ्ग लिमिटेडबाट राफसाफ समेत भई यस संस्थाको शेयर रजिष्ट्रारमा रहेको शेयर दर्ता किताबमा कायम हुन आएका शेयरधनीहरुले मात्र सभामा भाग लिन साथै नगद लाभांश प्राप्त गर्न सक्नेछन्। जलविद्युतको २६औं वार्षिक साधारण सभाबाट २०७९ पौष २२ गते हुने भएको छ।

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij