२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

बुबाको प्रेरणाले मलाई पनि समाजसेवा तर्फ प्रेरित गरेको हाेः मिलनवीर मालाकार

बुबाको प्रेरणाले मलाई पनि समाजसेवा तर्फ प्रेरित गरेको हाेः मिलनवीर मालाकार

 मिलनवीर मालाकार, समाजसेवी एवं उद्यमी

क्षेत्रपाटी निःशुल्क चिकित्सालय जहाँ मेरो बुबाले तत्कालिन आफ्नो क्षमता अनुसार बिऊको रुपमा १० रुपियाँ चन्दा राखी त्यसबेला पूर्ण निःशुल्क र सामुहिक सेवाभावले सञ्चालनमा ल्याएको अस्पताल हो । बुबाले सन् १९५४ मा ब्याङ्लोरबाट डाक्टर तहको अध्ययन पूरा गर्नुभएपश्चात् नेपालमा आएर ऊहाँले अस्पतालको शुरुवात गर्नुभएको हो । बुबाले अस्पतालको शुरुवात मात्रै गर्नुभएन । अस्पताल स्थापनाका शुरुवाती दिन देखि आफ्नो जिन्दगीको अन्तिम घडी सम्म लाखौं जनताको निःशुल्क सेवामा आफू समेत निरन्तर खटिनुभयो ।

 

बुबा डा. महा वीर मालाकार र क्षेत्रपाटी निःशुल्क चिकित्सालयको पृष्ठभूमि

भक्तपुर अस्पताल तथा तत्कालिन श्री ३ ववर शमशेरको दरबारमा शाही चिकित्सकको रुपमा कार्यरत डा. महा वीर मालाकारले पछि सन् १९५४ मा भारतको ब्याङ्लोरबाट प्याथोलोजीमा समेत डाक्टरी गर्नुभयो । नेपाल फर्किइएपछि ऊहाँले महा वीर प्याथोलोजी ल्याब सञ्चालनमा ल्याउनुभयो । वि.सं २००२ मा काठमाडौंको भोटाहिटी कमलाक्षीमा महावीर मेडिकल हल समेत ऊहाँले सञ्चालन गर्नुभयो । डा. महा वीर मालाकारका एकमात्र सहोदर भाई डा. विष्णु वीर मालाकार पनि तत्कालिन श्री ३ मोहन शमशेरको निजी चिकित्सक रहनुभएको थियो ।

वि.सं २००७ सालको प्रजातन्त्र पछि तत्कालिन खुकुरी दलको ‘आयो आयो’ आतङ्कबाट बच्न वि.सं २००८ मा सक्रिय युवाहरुबाट टोललाई सुरक्षा दिन क्षेत्रपाटी शान्ति सुरक्षा संघको गठन गरियो । देशमा शान्ति स्थापना भईसकेपछि बुबा वरिष्ठ समाजसेवी डा. महा वीर मालाकार आफूले बिऊको रुपमा १० रुपियाँ चन्दा राखेर आफ्नै अध्यक्षतामा संघ अन्तरगत स्वास्थ्य विभाग गठन गरी २०१३ सालको वसन्त पञ्चमीका दिन क्षेत्रपाटी निःशुल्क चिकित्सालय स्थापना गर्नुभयो । मेरो बुबाले आफ्नो जिन्दगीभर लाखौं जनताको पूर्ण रुपमा निःशुल्क उपचार गर्नुभएको थियो । पैसाको अभावको कारण कुनै पनि व्यक्तिले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने नै क्षेत्रपाटी निःशुल्क चिकित्सालय सञ्चालनको त्यतिबेलाको एकमात्र प्रमुख उद्देश्य रहेको थियो ।

काे हुनुहुन्छ मिलन वीर मालाकार  

उद्योग व्यापारको अलावा मिलन वीर मालाकार नेपालमा विभिन्न व्यावसायिक एवं सामाजिक संघसंस्थाहरुमा पनि क्रियाशिल रही सामाजिक दायित्व निर्वाह गर्दै आउनुभएका व्यक्ति हुनुहुन्छ । आफ्नो स्वास्थ्यमा पनि उहाँ निकै सचेत हुनुहुन्छ । व्यावसायको क्रममा हुने सम्भावित तनावलाई व्यवस्थित गर्न योग, ध्यान, व्यायाम, अध्ययन एवं सामाजिक क्रियाकलापहरुमा पनि सहभागि हुनुपर्ने मालाकारको धारणा छ । उहाँ आफ्ना बुबा वरिष्ठ समाजसेवी डा. महा वीर मालाकारको सामाजिक योगदानबाट प्रभावित भई विभिन्न सामाजिक क्रियाकलापमा लामो समय देखि क्रियाशिल रहँदै आउनुभएको छ । परिस्थिति जस्तो भएपनि हरेक व्यक्तिले सदैव आफूलाई सकारात्मक सोच र दृढ अठोट सहित निरन्तर रुपमा संयमतापूर्वक आफ्नो यात्रामा अघी बढ्नुपर्ने मालाकारको ठम्याई छ । काम गर्नको लागि पछिको साइत कुर्न नहुने र अहिलेको समयलाई नै उपयुक्त समय ठानेर अघी बढ्ने व्यक्ति नै सफल बन्दै जाने हुनाले आफूले कुनै योजना वा गञ्तव्य तय गरिसकेपछि त्यस बाटोमा हिँड्नको लागि ढिलाई गर्न नहुनेमा मालाकार जोड दिनुहुन्छ । मालाकार क्षेत्रपाटी निःशुल्क चिकित्सालय, लायन्स क्लब अन्तर्राष्ट्रिय, काठमाडौं जेसिस लगायतका विभिन्न सामाजिक संघसंस्थाहरुमा पनि आवद्ध रही सामाजिक गतिविधिहरुमा क्रियाशिल रहँदै आउनुभएको छ । उहाँ नेपाल हस्तकला महासंघमा कार्यसमिति सदस्य एवं नेपाल चेम्बर अफ कमर्समा निर्यात प्रवद्र्धन कमिटी सदस्य समेत हुनुहुन्छ ।

विभिन्न सामाजिक एवं व्यावसायिक गतिविधिहरुमा सक्रिय मिलन वीर मालाकारसँग नेपालमा समाजिक एवं व्यावसायिक विभिन्न गतिविधिहरुमा केन्द्रित रहेर कुराकानी गरी यो सामाग्री तयार गरिएको छ ।

चिकित्सा विज्ञान र समाजसेवाले परिचित बनाएको हाम्रो परिवार
क्षेत्रपाटी निःशुल्क चिकित्सालय जहाँ मेरो बुबाले तत्कालिन आफ्नो क्षमता अनुसार बिऊको रुपमा १० रुपियाँ चन्दा राखी त्यसबेला पूर्ण निःशुल्क र सामुहिक सेवाभावले सञ्चालनमा ल्याएको अस्पताल हो । बुबाले सन् १९५४ मा ब्याङ्लोरबाट डाक्टर तहको अध्ययन पूरा गर्नुभएपश्चात् नेपालमा आएर ऊहाँले अस्पतालको शुरुवात गर्नुभएको हो । बुबाले अस्पतालको शुरुवात मात्रै गर्नुभएन । अस्पताल स्थापनाका शुरुवाती दिन देखि आफ्नो जिन्दगीको अन्तिम घडी सम्म लाखौं जनताको निःशुल्क सेवामा आफू समेत निरन्तर खटिनुभयो । सन् १९५४ मा अस्पताल सञ्चालन गर्नको लागि समाजबाट चन्दा लिएर नै उक्त महान अभियानको शुरुवात गरिएको थियो । सोही अस्पतालमा बुबाले हजारौं विरामीहरुको स्वयम् निःशुल्क उपचार गर्नुभयो । मेरो बुबा स्वास्थ्य सेवालाई सबैको पहुँचमा पुर्याउनुपर्छ भन्ने भावनाबाट ओतप्रोत वरिष्ठ समाजसेवी हुनुहुन्थ्यो । यद्यपि अहिले जुन रुपमा उहाँको योगदानको कदर हुनुपर्ने थियो, त्यो अहिले कतै पनि हुन सकेको देखिँदैन । जुन क्षेत्रपाटी निःशुल्क चिकित्सालय बुबाको क्रियाशिलतामा शुरुवात भयो, त्यतिबेला त्यो साना–साना रकम चन्दा स्वरुप समुदायबाट सङ्कलन गरेर सञ्चालनमा ल्याइएको हो । साथै कुनै वर्गसमुदाय नहेरी हरेक विरामीलाई पूर्ण निःशुल्क रुपमा स्वास्थ्य सेवा प्रवाह गर्ने मान्यताले स्थापित उक्त चिकित्सालयले अहिले आर्थिक रुपमा निकै कमजोर अवस्थाका विरामीलाई मात्र पूर्ण निःशुल्क सेवा प्रवाह गर्न थालेको छ । आफ्नो जीन्दगीभर निःस्वार्थ सेवारत मेरो बुबाको नाम अहिले उक्त अस्पतालमा समेत भेट्न कठिन हुने स्थिति सृजना हुँदैछ ।

अहिले क्षेत्रपाटी निःशुल्क चिकित्सालयको स्वरुप बदलिएको छ । उक्त अस्पतालले केही निश्चित वर्गबाहेक अन्य व्यक्तिहरुलाई निःशुल्क स्वास्थ्य सेवाप्रवाह गरेको छैन । बुबाले समाजसेवामार्फत समाजमा पुर्याएको योगदानलाई कदर गर्दै मैले एक असल छोराको रुपमा ऊहाँका सपनाहरुलाई साकार पार्नुपर्छ । साथै म सोही योजनाबमोजिम बुबाका सामाजिक योगदानहरुलाई समेटेर एउटा स्मृतिग्रन्थ समेत प्रकाशन गर्ने मान्यता सहित मैले आफ्ना गतिविधिहरु अघी बढाएको छु । यसको लागि ऊहाँको योगदानबारे उल्लेख गरिएका गोरखापत्र लगायत विभिन्न पत्रपत्रिकाहरु सङ्कलन र सङग्रह गरिरहेको छु । डा.महा वीर मालाकार, जसले निःस्वार्थ लाखौं मानिसको उपचार गर्नुभयो, ऊहाँको पहिचान र योगदानलाई जीवन्त राख्नको लागि अभियान सञ्चालन गर्ने दायित्व हामी सबै सचेत मानवको हुनेछ ।

समाजसेवा सम्बन्धमा मेरो धारणा
समाजसेवा कार्य अत्यन्तै पवित्र कार्य हो । यद्यपि यो सहज त अवश्य होइन । भित्री आत्माबाट ओतप्रोत हुने व्यक्तिमात्र सही अर्थमा समाजसेवी बन्न सक्छ । साथै समाज रुपान्तरणमा पनि तिनै व्यक्तिले योगदान गर्न सक्छन् । यद्यपि अहिले भने हाम्रो बुझाई पृथक छ । कुनै मुनाफा लक्षित पेशाव्यवसाय अँगालेर केही रकम कुनै संघसंस्थालाई चन्दा वा दान दिँदैमा हामी सही अर्थमा समाजसेवी बन्न सक्दैनौं । समाजसेवामा लाग्नको लागि दृढनिश्चय आवश्यक पर्छ । पछिल्लो समय थुपै्र संस्था समाजसेवाको खोल ओढेर व्यापार गरिरहेको खबर पनि सुन्न पाइन्छ । जुन नितान्त गलत अभ्यास हो । यद्यपि अहिले पनि केही संघसंस्थाहरु भने सामाजिक भावनाबाट नै सञ्चालित हुँदै आएका छन् । साँच्ची समाजलाई कुनै योगदान दिने त्यस्ता संस्थाहरुलाई भने हामीले मुक्तकण्ठले प्रशंसा गर्न सक्नुपर्छ ।

व्यवसायमा मेरो प्रवेश
म सन् १९८८ मा ठमेल क्षेत्रबाट पर्यटन व्यवसायमा प्रवेश गरेको व्यक्तिहुँ । व्यवसायमा संलग्न हुने व्यक्ति सदैव समय र आफूले दिने वस्तु तथा सेवाको गुणस्तरमा सचेत रहनुपर्छ भन्ने कुरा मैले त्यही बेला देखि नै बुझेको छु । मेरो लामो व्यावसायिक यात्राको क्रममा नेपालमा अहिले व्यवसायको लागि उपयुक्त समय हो भन्ने मेरो अनुभवले बताउँछ । मैले लामो समय व्यावसायिक क्षेत्रमा पनि बिताएको छु । सरकारले अझ बढी नीतिगत सुधार गरी नेपालमा वस्तु उत्पादन गर्न र उत्पादन भएका सामानहरु विदेश निर्यात गर्ने सम्बन्धमा हाम्रा छिमेकी मुलुकहरुको अभ्यासलाई पनि ध्यान दिँदै अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धी हुन सक्ने व्यवस्था मिलाउन निकै नै जरुरी रहन्छ भन्ने मेरो बुझाई छ ।

प्रविधिको विकासले पुर्याएको टेवा
म व्यवसायमा प्रवेश गर्ने समयमा सूचना आदानप्रदानको माध्यमको रुपमा टेलिफोन र फ्याक्स मात्रै हुने गर्थे । इमेल र इन्टरनेटको पहुँच विकास भइसकेको थिएन । जसले गर्दा त्यसबेला नेपालमा उत्पादन भएका सामानहरु विदेशी बजारमा पठाउने कार्य निकै कठिन थियो । प्रविधि अहिले निकै सहज बनाएको छ । १ मिनेट जापान कुरा गर्नको लागि १ सय ८० रुपियाँ शुल्क तिर्नुपर्ने त्यो समयमा आपसी सम्पर्क स्थापना कार्य निकै जटिल हुने गथ्र्यो ।

जागिरको अनुभव

म आफैंले व्यवसाय सञ्चालन गर्नुभन्दा पहिले केही समय मैले करार सेवामा नेपाल विद्युत प्राधिकरणमा पाँचौं तहको जागिरको पनि अनुभव लिएको छु । जागिरबाट सन्तुष्ट हुन नसकेको कारण म उक्त जागिर छोडेर म आफ्नै व्यवसायमा संलग्न भएको हुँ ।

व्यावसायिक वातावरणमा आएका उतारचढावहरु
म लामो समय पहिले देखि व्यावसायिक क्षेत्रमा संलग्न रहँदै आएको छु । यस क्रममा व्यवसायमा आएका विभिन्न उतारचढाव एवं आरोहअवरोहलाई मैले नजिकबाट बुझ्ने अवसर पाएको छु । जुन बेला नेपालले आर्थिक क्रान्ति गर्नुपर्ने थियो, त्यस समयमा हामी विभिन्न आन्तरिक परिस्थितिमा अल्झियौं । कुनै समय नेपालमा राजनीतिक द्वन्द्व र जनयुद्धको नाममा हामीले ठूलो नोक्सान व्यहोर्यौं । कुनै समय नाकाबन्दी, लकडाउन त अहिले हामी आर्थिक मन्दीको महसुस गर्दैछौं । अहिले पनि नेपालमा परिस्थिति सहज त छैन । अब परिस्थिति लगभग सम्हालिने हामीले आँकलन गरेका थियौं । यद्यपि रुस र युक्रेन बीच भएको युद्धको असर हामीले पनि भोग्नुपर्यो । हामीले द्वन्द्व काल निकै लामो समय गुजार्यौं ।

व्यवसायको लागि अहिले उचित समय हो
अहिले परिस्थिति बदलिएको छ । सूचना प्रविधिको विकासको कारण हामी नयाँ युगमा प्रवेश गरेका छौं । अहिले हरेक काम गर्न सहज छ । सूचना प्रविधिको नयाँ उपहारको रुपमा इमेल, इन्टरनेट हाम्रो सम्पर्कको सहज माध्यम बनेको छ ।
अनलाइन मिटिङ गर्न सकिने र विदेशबाट सिधै स्वदेशमा रकम पठाउन सकिने सम्मका सुविधाहरु अनलाइनको कारण सृजना भएका छन् । विगतमा यस्तो सहज स्थितिको परिकल्पना समेत गर्न सकिएको थिएन । साथै नेपालमा विगतमा हामीले लोडसेडिङको कारण उत्पादन खुम्च्याउनुपर्ने स्थिति थियो । अहिले त्यो अवस्था पनि छैन । अहिले नेपाल लोडसेडिङमुक्त भएको छ । काम गर्नको लागि नयाँ अवसरहरु सृजना भएका छन् । नेपालमा नै बसेर अमेरिका, अष्टेर्लिया, युरोप लगायतका अन्तर्राष्ट्रिय मुलुकका कामहरु अनलाइनको माध्यमबाट नै गर्न सकिने अवस्था सृजना भएको छ । शिक्षाको पहुँच हामी सबैलाई पुगेको छ । यसलाई मैले सुवर्ण अवसरको रुपमा लिएको छु ।

अबको आवश्यकता
नेपालमा हामीले उत्पादन गर्न सकिने थुप्रै वस्तुहरु छन् । यद्यपि हामी उत्पादनमुखी नभई आयातमुखी बन्दै गएका छौं । नेपाल अहिले आयातमा निर्भर हुँदै गएको र हाम्रा सम्भावना भएका वस्तुहरुको उत्पादन र निर्यातलाई जोड नदिईंदा हामीले राम्रो प्रगति गर्न नसकेका हौं । यस्तो स्थितिलाई विचार गर्दै अब राज्यले स्वदेशमा उत्पादकत्व वृद्धि एवं निर्यात प्रवद्धनमा जोड दिँदै विशेष नीति अवलम्बन गर्नु जरुरी छ ।

नेपाल कटन हाउसले पछिल्लो समय भृकुटीमण्डप लगायतका विभिन्न ठाउँहरुमा आयोजना गरिने व्यापार मेलाहरुमा मालाकार आफ्नो स्टल राखेर समेत आफूहरुले आफ्ना उत्पादनको प्रवद्र्धन गर्दै आएको मालाकार बताउनुहुन्छ । त्यस्ता मेलाहरुमा सहभागि हुँदा उत्पादक र व्यापारी एवं प्रयोगकर्ता बीच सिधै सम्पर्क स्थापना हुने र व्यापार व्यवसाय प्रवर्द्धनमा पनि सहयोग पुग्ने मालाकारको धारणा छ ।

हाम्रो कम्पनीका उत्पादनहरु
मेरो व्यावसायिक प्रवेश उनीजन्य वस्तु उत्पादनबाट भएको हो । अहिले हामी हाम्रो उद्योगबाट कटन सम्बन्धी कपडाहरु उत्पादन गरिरहेका छौं । कटन अर्थात कपासको उत्पादन नेपालमा सीमित परिमाणमा उपलब्ध रहेतापनि यो नेपाली बजारमा सहज रुपमा नै उपलब्ध छ । साथै कटनका कपडाहरु जाडो गर्मी लगायत जुनसुकै मौसमको लागि पनि उपयुक्त नै हुने गर्छन् । अहिले नेपालमा प्राकृतिक रेशामा आधारित अल्लो, बाँस, केरा लगायतका वस्तुहरु पनि उत्पादन हुने गर्छन् । यद्यपि यस्ता वस्तुहरु भने सजिलै प्राप्त गर्न सकिँदैन । नेपालमा कटन कपडा उत्पादनको लागि धागो बाह्य बजारबाट आयात गरेर यहाँका कारखानाबाट तयारी वस्तु उत्पादन गरिँदै आइएको छ । नेपालमा उत्पादन हुने कटन कपडा बाह्य बजारबाट नेपालमा भित्रिने कटन कपडाको तुलनामा निकै सस्तो समेत छ ।

राज्यले स्वदेशी उत्पादनको प्रवद्र्धन गर्नुपर्छ
केही बर्ष पहिले नेपाल सरकारले स्वदेशी वस्तुलाई प्रवद्र्धन गर्ने उद्धेश्यले तुलनात्मक रुपमा १५ प्रतिशत सम्म महँगो नै भएपनि नेपाली उत्पादनलाई नै जोड दिने नीति तय गरेको थियो । उक्त नीति स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नको लागि निकै महत्वपूर्ण थियो । यद्यपि उक्त नीतिलाई व्यावहारिक रुपमा लागु गर्न सकिएन । यद्यपि हरेक राज्यले मुलुकको समृद्धिको लागि स्वदेशी वस्तु उत्पादनलाई जोड दिनको लागि विशेष नीति लागु गर्नैपर्छ ।

व्यावसायिक आबद्धता
मिलनवीर मालाकार परिवार लामो समय देखि स्वदेशी तयारी कपडा उत्पादन कार्यमा लामो समय देखि क्रियाशिल रहँदै आएको परिवार हो । नेपाल कटन हाउस यही परिवारबाट सञ्चालन हुँदै आएको छ । कटन हाउसको अलावा साङ्ग्रिला क्रियसन टेर्डर्स, एभरेष्ट टेर्ड कन्सर्न लगायत उद्योग व्यवसाय र आइटि सम्बन्धी काम गर्ने उद्देश्यले स्मार्टफोर्स नामक कम्पनी समेत यसै परिवार अन्तरगत सञ्चालित हुँदै आइरहेका छन् । पछिल्लो समय नेपाल कटन हाउसले उत्पादन गर्ने कपडाजन्य उत्पादनहरु स्वदेशी बजारमा समेत निकै लोकप्रिय हुँदै आएका छन् । नेपाल कटन हाउसले पछिल्लो समय भृकुटीमण्डप लगायतका विभिन्न ठाउँहरुमा आयोजना गरिने व्यापार मेलाहरुमा मालाकार आफ्नो स्टल राखेर समेत आफूहरुले आफ्ना उत्पादनको प्रवद्र्धन गर्दै आएको मालाकार बताउनुहुन्छ । त्यस्ता मेलाहरुमा सहभागि हुँदा उत्पादक र व्यापारी एवं प्रयोगकर्ता बीच सिधै सम्पर्क स्थापना हुने र व्यापार व्यवसाय प्रवर्द्धनमा पनि सहयोग पुग्ने मालाकारको धारणा छ ।

पक्कै पनि नेपाल कटन हाउसबाट उत्पादित शतप्रतिशत सुतीका लुगाहरु रङमा पक्का हुनुका साथै उच्च गुणस्तरका हुनुका साथै सर्वसाधारणहरुको खरिदको पहुँचमा समेत रहेका कारण प्रयाेग गर्न मालाकार आग्रह गर्छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij