२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

बतास समूह प्रति गरिएको व्यवहार प्रति नाडाको घोर आपत्ति

बतास समूह प्रति गरिएको व्यवहार प्रति नाडाको घोर आपत्ति

काठमाडौं । नेपालको अटोमोवाइल क्षेत्रमा संलग्न प्रतिष्ठित व्यावसायिक संस्था बतास समूह माथि गरिएको चरित्र हत्या र अमर्यादित व्यवहारप्रति नाडा अटोमोवाइल्स एशोसिएशनले गम्भिर ध्यानाकर्षण भएको जनाउँदै आज एक प्रेस विज्ञप्ति जारी गरेको छ ।

नाडाका अध्यक्ष ध्रुव थापाबाट जारी गरिएको विज्ञप्तिमा सरकारले आह्वान गरेका टेण्डरहरुमा बतास समूहले सरकारले निर्धारण गरेकोे कानूनी प्रक्रिया अनुसार नै सहभागी भई सरकारले तोकेको भाडा बुझाउने शर्तमा क्याफटेरिया सञ्चालन सम्बन्धी अनुमति पाइसकेको अवस्थामा स्वकृति बमोजिम नै काम अघि बढाउदा बतास समूहलाई अपराधिक समूहको रुपमा परिभाषित गर्ने प्रयास गरिनु अन्यायपूर्ण कार्य रहेको उल्लेख छ ।

प्रक्रिया र कानून विपरित भएका गतिविधि माथि सरकारले अंकुश लगाउने र कारवाही गर्ने कुरा स्वभाविक हुने कुरा पनि विज्ञप्तिमा उल्लेख छ ।

आरोपको सत्यतथ्यको खोजि गर्नुपर्ने र आरोप प्रमाणित भए पश्चात् मात्र दण्डित हुनुपर्नेमा नाडाले जोड दिएको छ । समाचारकै आधारमा स्पष्टिकरणको समेत अवसर नै नदिई कारवाहीको प्रक्रिया थालिनुलाई नाडाले गैरकानुनी संज्ञा दिएको छ ।

साथै सरकारले व्यवसाय सञ्चालन गर्न अनुमति प्रदान गरिसकेको सन्दर्भमा एकपक्षीय रुपमा व्यवसायीलाई मात्र दोष लगाउँदा त्यसले समग्र निजी क्षेत्रकै मनोबल गिराउन सक्नेमा समेत नाडाले सरकारलाई सचेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij