
अहिले न्यायपालिका को शुद्धता, स्वच्छता र स्वतन्त्रताको लागि भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि यतिबेला राजीनामा दिन चौतर्फी दबाव को लागि आन्दोलनको आह्वान गर्नेहरु ले ५/१० बर्ष देखि अदालतमा अड्केका मुद्दा र मेची-महाकाली देखि बाटो सकि नसकी खर्च रिन गरेर न्यायपालिका लाई न्याय को मन्दिर मानेर सर्बोच्चको गेटसम्म न्याय को अपेक्षा गरि आइपुगेका रोगी,वृद्ध,गरिब ती मुद्दाका पक्षहरु जो मुद्दा फैसला होस भनी गिडगिडाइ रहेका छन के आन्दोलन बाट के राहत पौछ्न त ?
व्यक्तिसँगको असन्तुष्टिलाई लिएर सिंगो न्यायलय लाई प्रतिशोधको ज्वालाले न्यायका उपभोक्ता मर्माहित छ्न । गरिब, दुखी अन्याय मा परेको हक हित को कैले आवाज नउठाउने ले आज देश ब्यापी आन्दोलन किन, कसका लागि जुन सुकै समयमा खुल्ला हुनि अदालत अत्याबश्यक सेवा बन्द भयको छ । न्यायलय लाई न्यायको मन्दिर मन्नीको आम नागरिकको न्यायलयप्रती बिश्वास गलेको छ बिस्वास धर्मरायको छ अनि बिस्वास चुडियको छ ।
अदालत वा न्यायाधीश संस्था हो व्यक्ति होइन आफ्नो प्रतिशोध पूरा गर्न बिन्ती छ अदालतको यो बिबादित बनाईयको सवाल तुरुन्त अन्त्य होस ।
न्यायाधीशको निष्पक्षता तथा उसको क्षमतामा अनुचित टिका–टिप्पणी गरि न्यायपालिकालाई अवान्छनीय रुपमा होच्याएर वा विवादमा मुछेर सर्वसाधारण जनताको नजरमा अदालतलाई गिराउने कार्यले जनसाधारणमा अदालतप्रति अनास्था उत्पन्न हुने, निष्पक्ष रुपमा न्याय दिन नसक्ने स्थितिमा पुग्छ भने त्यसको परिणाम न्यायाधीशले वा अदालतले मात्र होइन सम्पूर्ण राष्ट्रले नै भोग्नु पर्ने हुन्छ । अतः न्याय प्राप्त गर्ने जनताको हकहितको संरक्षणको निम्ति अदालतको अवहेलनाको कार्यलाई रोक्न जरुरी हुन्छ ।
लेखिका शारदा घिमिरे कानुन अध्यायनरत विद्यार्थी हुन् । कानुनसंग सम्बन्धित विषयमा कलम चलाउँदै आएकी उनी सामाजिक सेवाको क्षेत्रमा समेत क्रियाशील छिन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij