२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

दशैंकाे मुखमा उपभोग्य वस्तुको मूल्य आकाशियाे

दशैंकाे मुखमा उपभोग्य वस्तुको मूल्य आकाशियाे

काठमाडौं । दशैं–तिहार लगायतका चाडपर्व नजिकिँदै जाँदा दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएर उपभोक्ताको भान्सा चलाउनै मुस्किल हुन थालेको छ । सरकारी निकायको अनुगमन निष्प्रभावी हुँदा व्यवसायीले दैनिक उपभोग्य वस्तुमा निष्फिक्री मूल्य बढाइरहेको पाइएको छ ।  विशेषगरी खानेतेलको मूल्यमा अस्वभाविक वृद्धि भएको छ । खुद्रा व्यापार संघको तथ्यांक अनुसार गएको एक वर्षमा खानेतेलको मूल्य लिटरमै १०० रुपैयाँसम्म वृद्धि भएको छ । यतिबेला तेलका साथै अत्यावश्यक खाद्यवस्तुहरु गेडागुडी, चामल, चिउरा लगायतको मूल्य पनि अचाक्ली बढेको छ ।

संघको तथ्यांक अनुसार २०७७ असोजमा २७५ रुपैयाँ मूल्य रहेको भुटेको तोरीको तेलको अहिले लिटरमै ३४० देखि ३६० रुपैयाँ पुगेको छ  । काँचो तोरीको तेल पनि प्रतिलिटर १८०–२८० बाट बढेर ३६० रुपैयाँसम्म पुगेको छ  ।

अहिले भटमास तेलको मूल्य प्रतिलिटर १५५ बाट बढेर २४० पुगेको छ  । सनफ्लावर तेल प्रतिलिटर १६५–१८० बाट बढेर २५० र डाल्डा घिउ १४५ बाट २३० रुपैयाँ पुगेको छ  ।

यसैगरी चिनीको मूल्य पनि बढेर प्रतिकिलो ९५ रुपैयाँ पुगेको छ । एक वर्षमा हरियो केराउमा प्रतिकिलो २० रुपैयाँ बढेर किलोको १४० पुगेको छ  । सानो केराउ १६०, राजमा, रहर दाल, मुसुरो दाललगायतको मूल्य पनि किलोमै २० रुपैयाँसम्म वृद्धि भएको छ  ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij