काठमाडाैं । आज एक कार्यक्रमलाइ सम्बाेधन गर्दै सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोरोना संक्रमितको उपचारका लागि अब अक्सिजन अभाव नहुने बताउँदै नागरिकहरुलाइ ढुक्क रहन आग्रह गरेका छन् ।
उनले काठमाडौँको क्षेत्रपाटीस्थित निशुल्क चिकित्सालयमा भेन्टिलेटरसहित ३५ बेडको कोभिड अस्पतालको शुभारम्भ गर्दै साे कुरा बताएका हुन् ।
अहिले महामारिको दोस्रो लहर उत्कर्षमा रहेकाे उनले बताए ।
केही दिन उपत्यकाका केही अस्पतालहरुमा अक्सिजनको चरम अभाव देखिएकाे र अहिले सम्ममा त्याे अवस्था सामान्य बनिसकेकाे उनले बताए ।
मन्त्री मानन्धरले सबै नेपाली नागरिकलाई कोरोनाविरुद्धको खोप दिलाउने अभियानमा समेत सरकार तीव्र रुपमा लागिरहेकाे उनले बताएका छन् ।
साेहीबमाेजिम राज्य पक्ष अमेरिका, बेलायत, भारत र चीन लगायतका देशहरुसँग खोप उपलब्ध गराउन निरन्तर छलफलमा रहेकाे समेत बताएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij