२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

मृत्यु भएकी कर्मचारीको परिवारलाई तिर्नुपर्ने सनराइज बैंकले ४३ लाख तिर्नुपर्ने

मृत्यु भएकी कर्मचारीको परिवारलाई तिर्नुपर्ने सनराइज बैंकले ४३ लाख तिर्नुपर्ने

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आवद्ध हुन नमान्ने सनराइज बैंक कारबाहीमा परेको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा सहभागी नभएको सनराइज बैंकका एक कर्मचारीको मृत्यु भएपछि उनको परिवारले दिएको मागदाबीका आधारमा सनराइज बैंक कारबाहीमा परेको हो ।

सामाजिक सुरक्षा कोषका प्रवक्ता विवेक पन्थीका अनुसार करीब १० महीनाअघि सनराइज बैंकमा कार्यरत सनाज खतिवडाको मृत्यु भएको थियो ।

उनले मासिक ४२ हजार तलब लिन्थिन् । तर, उनी कार्यरत बैंकले सामाजिक सुरक्षा कोषमा योगदान गर्न मानेकाे थिएन ।

तर, उनको मृत्युपछि परिवारले सनाजको नियुक्तिपत्र सहित क्षतिपूर्ति माग्दै सामाजिक सुरक्षा कोषमा उजुरी दर्ता गराएको थियो । सनाजका बुवा ध्रुवकुमार खतिवडा र आमा गीता घिमिरेले वैशाख २० मा आश्रित परिवार सुविधा योजना अनुसार क्षतिपूर्ति माग्दै निवेदन दर्ता गराएका थिए । त्यसको अध्ययन गरेर कोषले सो परिवारलाई ऐनअनुसार क्षतिपूर्ति भराउन भन्दै बैंकलाई पत्र काटेको छ ।

कोषले ७१ वर्षलाई औसत आयु मानेर मृतकका बुवा र आमाको आयुको हिसाब गरेर क्षतिपूर्ति रकम तय गरेको हो । बैंकले सो परिवारलाई ४३ लाख ३४ हजार रूपैयाँ उपलब्ध गराउनुपर्ने छ।

मृतकको मासिक तलबको ६० प्रतिशतले हुने एकमुष्ट रकमलाई आश्रित परिवारले मासिक पाउने पेन्सनको आधारमा यस्तो हिसाब निकालिएको हो ।

तीन महीनाभित्र सो रकम दिलाएर कोषलाई जानकारी गराउनुपर्नेछ । यदि निर्देशन नमानेमा बैंकको खाता रोक्का गर्दै बैंकको सम्पत्तिबाटै सो क्षतिपूर्ति भराउन सक्ने अधिकार कोषसँग छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij