२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

कस्ताे रहला आजको मौसम ?

कस्ताे रहला आजको मौसम ?

मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण-पूर्व भूभाग नजिक रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

महाशाखाले हाल देशका पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।
यसैगरी, आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने छ र बांकी भूभागहरुमा आंशिक बदली रहने महाशाखाले जारी पूर्वानुमानमा उल्लेख छ ।

यस्तै, देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।आज राति देशका प्रदेश १ र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागहरुमा आंशिक बदली रहने र प्रदेश नं १ का पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा हुन सक्ने महाशाखाले जारी पूर्वानुमानमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij