
अनलाइन् गेमिंगलाई मनोरन्जनको रुपमा मात्र हेरिने नेपाली समाजको दृष्टिकाेण जीजी मैदानको स्थापना सँगै फेरिँदै जाने विश्वास लिइएको छ ।
जीजी मैदान नेपालको सुरुवाती चरणका इ-स्पोर्ट्स कम्पनीहरु मध्ये एक हो । यसकाे स्थापना भर्खर मात्रै भएकाे हाे । जीजी मैदान नेपालको स्थापनाले नेपाली युवाहरुका लागि गेमिंग करियरको बाटो धेरै सहज बन्ने निश्चित छ ।
घरमै बसि मोबाइलमा गेम खेल्ने र गेमिंगमै करियर बनाउँछु भनेर पहल गर्ने युवाहरुका लागि यसले निकै राम्रो अवसर मिलेको जीजी मैदानका संस्थापक रोहितजङ्ग खड्का बताउँछन् ।
जीजी मैदान नेपालकाे स्थापना युवा उद्यमीहरु रोहितजङ्ग खड्का, अभय रावल र अनुश प्रधानकाे संयुक्त प्रयाशबाट भएकाे हाे ।
गेमिंगलाई नै आयस्रोतको माध्यम बनाउन मिलोस् भन्ने उद्देश्यका साथ स्थापना भएकाे जीजी मैदानले छोटो समयमै ११०० टिमलाई समावेश गरि अनलाइन टुर्नामेंट आयोजना गरिसकेको छ भने आउने सिजनका लागि नगद रु. बिस लाखको भब्य टुर्नामेंट आयोजना गर्दैछ ।
यससँगै यति ठुलो पुरस्कार रकमका साथ टुर्नामेन्ट आयोजना गर्ने नेपालकै पहिलो इ-स्पोर्ट्स कम्पनी समेत बन्न पुगेकाे छ जीजी मैदान ।
तत्कालिन समयमा नेपाली युवाहरुमाझ लोकप्रिय रहेको दुइ गेम, फ्रिफायर र पब्जी समावेश गरी सञ्चालन गर्न लागिएको यस टुर्नामेन्टको अवधि ६ महिनाको हुनेछ, जसमा पहिलो ५ महिनामा हरेक महिना प्रत्येक गेमको लागि रु. एक लाख नगद पुरस्कार छुट्टाइएको छ ।
अन्तिममा भने अघिल्लो महिनाहरुका बिजेताहरुबीच प्रतियोगिता गराई रु. दस लाख दुबै गेमका बिजेताहरुमा बराबर बाँडी टुर्नामेन्ट अन्त्य गरिने कम्पनीकाे याेजना छ ।
यो भब्य टुर्नामेन्ट भइरहँदा पनि दुइ देखि आठ हजार सम्मको पुरस्कार रकम सहित दैनिक रुपमा स-साना टुर्नामेन्ट आयोजना गरिनेछ ।
जीजी मैदानको यो पहलले नेपाली गेमिंग क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याउने अपेक्षा गरिएकाे छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij