२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

नयाँ श्रम स्वीकृति बन्द, पुनः श्रम स्वीकृति अनलाइनबाट लिन सकिने

नयाँ श्रम स्वीकृति बन्द, पुनः श्रम स्वीकृति अनलाइनबाट लिन सकिने

काठमाडौं। वैदेशिक रोजगार विभागले भौतिक रुपमा उपस्थित भएर दिइने सेवाबन्द गरेको छ ।

विभागले शुक्रबारदेखि अर्को सूचना जारी नभएसम्मका लागि भौतिक रुपमा उपस्थित भै लिइने अन्तिम श्रम स्वीकृति, वैधानीकिकरण तथा नयाँ श्रम स्वीकृति र पुनःश्रम स्वीकृति दिन बन्द गरेको हो ।

वैदेशिक रोजगार विभागले मातहतका कार्यालयबाट भौतिक रुपमा उपस्थित भएर दिइरहेको सेवा स्थगित गर्ने तर अनलाइनबाट भने श्रम स्वीकृति लिन पाइने व्यवस्था गरेको छ ।

सरकारले दोस्रो चरणको कोभिड–१९ सङ्क्रमणको रोकथामका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेको छ ।

सरकारले काठमाडौँ उपत्यकामा वैशाख २९ गतेसम्म निषेधाज्ञा जारी गरेका कारण यो अवधिमा अति आवश्यकबाहेकका सबै सेवा बन्द गर्न निर्देशन दिएको सूचनामा उल्लेख गरेको छ ।

वैदेशिक रोजगार कार्यालय ताहाचलले एक सूचना जारी गर्दै भौतिक रुपमा उपस्थित बाहेक अनलाइन मार्फत पूनः श्रम स्वीकृति लिने र सेवाग्राही उपस्थित हुनु नपर्ने जस्ता काम सीमित सेवा प्रवाहका रुपमा निरन्तरता दिने व्यबस्था मिलाएको जनाएको छ ।

यसरी दिनुहोस् पुनः श्रम स्वीकृतिको लागि अनलाइनबाट आवेदन

अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिन विभागको वेवसाइट  www.dofe.gov.np मा गई अनलाइन श्रम स्वीकृति एफइआइएमएसमार्फत फारम भर्नुपर्छ । फारम भरेपछि शाखा छान्ने बेलामा अनलाइन ब्रान्च छान्नुपर्छ ।

श्रम स्वीकृतिको क्रममा कुनै कारणले आवेदन रद्द भएमा त्यसको कारणसहितको एसएमएस आवेदकको मोवाइल र आवेदन गर्दाको यूजर अकाउन्टमा सूचना आउनेछ । त्यसकारण फारम भर्दा आफ्नो मोवाइल नम्बर र इमेल ठेगाना सही प्रयोग गर्नपर्छ । साथै श्रम स्वीकृतिको लागि आवेदन गर्दाको यूजरनेम र पासवर्ड सुरक्षित राख्नपर्छ ।

श्रम स्वीकृति प्राप्त भएपछि आवेदकको फारम भर्दाको एफइआइएमएसको यूजर अकाउण्ट र इमेल ठेगाना दुवैमा श्रम स्वीकृतिको निस्सा प्राप्त हुनेछ । तपाईँ आफैंले आवश्यकता अनुसार त्यसलाई प्रिन्ट गर्न सक्नुहुन्छ ।

पुनः श्रम स्वीकृति लिंदा म्यादी जीवन बिमा र कल्याणकारी कोषको रकम अनलाइनमार्फत नै तिर्न सकिन्छ । यसरी अनलाइनमार्फत तिर्दा अतिरिक्त शुल्क लाग्दैन । ईसेवा, फोन पे, स्प्यारो पे बाट रकम तिर्न सकिने वैदेशिक रोजगार विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij