२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

बिना जरिवाना कर तिर्ने समयावधि बढाउन उद्याेग वाणिज्य संघ काठमाडाैंकाे आग्रह

बिना जरिवाना कर तिर्ने समयावधि बढाउन उद्याेग वाणिज्य संघ काठमाडाैंकाे आग्रह

काठमाडाैं । नेपालमा कोरोना महामारीको दोस्रो लहर अप्रत्याशित एवं अकल्पनिय रुपमा तिव्र रुपमा बढ्दाे क्रममा छ ।

यस्ताे अवस्थामा  मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्कको मास्केवारी तथा कर राजश्वहरु दाखिला गर्न असहज र असुरक्षित भएको
जानकारी गराउँदै वर्तमान विषम परिस्थिति सहज नहुन्जेल सम्मका लागि कर राजस्व दाखिलामा जरीवाना छुट सहित आवश्यक व्यवस्था गर्नुपर्ने भन्दै नेपाल उद्याेग वाणिज्य संघ काठमाडाैंले १ विज्ञप्ति मार्फत नेपाल सरकारलाइ ध्यानाकर्षण गराएकाे छ ।

विज्ञप्तिमा  नेपाल सरकारले २०७८ वैशाख १६ बाट काठमाण्डौं उपत्यका लगायत विभिन्न जिल्लाहरुमा निषेधाज्ञा जारी गरेकाे र यसरी निषेधाज्ञा  जारी हुँदा उद्योग व्यापार पूर्ण रुपमा बन्द रहेकाे  कुरा संघका अध्यक्ष दिनेश श्रेष्ठबाट जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्ताे अवस्थामा स्वयम उद्योगी व्यवसायीहरु एवं कर्मचारीहरु समेत संक्रमणबाट सुरक्षित रहने उद्देश्यले निषेधाज्ञाको पालना गर्दै घर-घरमै बस्दै गरेको स्थिति बारे समेत विज्ञप्ति मार्फत जानकारी गराइएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij