काठमाडाैं । आज सन् मे १ अर्थात १३२ औं अन्तराष्ट्रिय मजदुर दिवस । नेपालमा समेत हरेक बर्ष विविध कार्यक्रम सहित मनाउने गरिएकाेमा काेराेना सङ्कटकाे असरले गर्दा यस बर्ष धुमधामसँग मनाउने स्थिति रहेन ।
यस दिनलाइ श्रमिक एवं मजदुरहरुकाे लागि विशेष दिनकाे रुपमा लिइन्छ । यस विशेष दिनकाे अवसर पारेर नेपाल निर्यात व्यवसायी महासंघले एक विज्ञप्ति जारी गरेर श्रमिक मजदुरहरुकाे लागि शुभकामना व्यक्त गरेकाे छ ।
उत्पादनकाे एक मात्र चल साधनकाे रुपमा श्रम शक्ति रहने गर्छ । जसले उत्पादनका अन्य अचल साधनहरु ( सीप, पुँजी, प्रविधि)बाट उपयोगिता सृजना गरि उत्पादनलाई उपयोग योग्य बनाउँछ । त्यस्ताे श्रम शक्ति उपयाेग गर्ने श्रमिक वर्ग जसको शारिरिक श्रमसँग पुरा विश्व आश्रित रहने गरेको भन्दै निर्यात व्यवसायी महासंघ नेपालबाट प्रेषित विज्ञप्तिमा मजदुरको भूमिकालाइ महासंघले सदैव सम्मान गर्ने कुरा उल्लेख छ ।
महासंघका अध्यक्ष माननीय रामबहादुर गुरुङबाट जारी गरिएकाे शुभकामना सन्देशमा उद्याेगी व्यवसायी एवं श्रमिक वर्गकाे आपसी रचनात्मक सहयात्राले देशलाई समृद्धि तर्फ डोहाेर्याउँने कुरा उल्लेख गरिएकाे छ ।
यति वेला देश कोभिड १९ को महामारीका कारण आक्र्रान्त अवस्थामा रहेको र यस संकटपूर्ण घडीको मजदुर र व्यवसायी मिलेर सामना गर्नुपर्ने कुरा समेत विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
साथै निर्यात व्यवसायी महासंघ नेपालले श्रममा बिश्वास राख्ने र श्रम गरी खाने विश्वभरी छरिएर रहेका सम्पूर्ण मजदुर एवं उद्यमीहरुमा विज्ञप्ति मार्फत मे दिवसको अवसरमा शुभकामना व्यक्त गरेकाे छ ।
अहिलेकाे अवस्था चुनाैतीपूर्ण रहेकाे भन्दै महासंघका महासचिव अमृत खड्काले संमृद्धिमा सुख बाँड्नुपर्ने र संकटमा जोखिमसँग मिलेर लड्नुपर्ने भएकाेले यस कठिन परिस्थितिमा साथ दिन श्रमिक वर्ग एवं व्यवसायीहरुमा आग्रह गर्नुभएकाे छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij