काठमाडौं। स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित निकालेको छ ।
घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सीमित रियल बेटिसलाई ५-२ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे ।
ओसुमाने डेम्बेले, एन्टोनियो ग्रिजम्यान र पेड्रीले एक एक गोल थपे । बेटिसका एन्टोनियो सानाब्रिया र लोरेन मोरानले एक/एक गोल फर्काए । जितसँगै बार्सिलोनाले ७ खेलमा ११ अंक जोडेको छ ।
तेस्रो जित निकालेको बार्सिलोना आठौं स्थानमा उक्लिएको छ । बेटिस ९ खेलमा १२ अंक जोडेर सातौं स्थानमा छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij