२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

काठमाडौंमा आइसोलेसन केन्द्र निर्माणको तयारीका बारेमा प्रधानमन्त्रीलाइ जानकारी

काठमाडौंमा आइसोलेसन केन्द्र निर्माणको तयारीका बारेमा प्रधानमन्त्रीलाइ जानकारी

बाग्मती प्रदेसका मुख्यमन्त्री डोरमणि पौडेल सहितको टोलीले प्रधानमन्त्री केपी ओलीलाई काठमाडौंमा आइसोलेसन केन्द्र निर्माणको तयारीका वारेमा जानकारी गराएको छ।
बाग्मती प्रदेसका ११ वटा जिल्लामा आइसोलेसन केन्द्र तथा क्वारेन्टाइनको व्यवस्थापन गरेको बाग्मती प्रदेस सरकारले काठमाडौं र ललितपुरमा पनि आइसोलेसन केन्द्र स्थापना गर्ने तयारीका लागि नेकपा केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य कृष्ण राई , नेकपा केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठ , प्रदेस सभा सदस्य दिपक निरौला र स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा. भिम कार्कीलाई जिम्मेवारी दिइएको थियो।
मंगलबार नेपाल सरकारका स्वास्थ्य मन्त्री भानुभक्त ढकाल सहितको उपस्थितिमा काठमाडौं जमलको होटल यल्लो प्यागोडामा आयोजना भएको छलफलले काठमाडौंमा छ हजार आइसोलेसन बेड तयार गर्ने जिम्मेवारी पाएको सो टोलीले काठमाडौंका विभिन्न स्थानमा आइसोलेसन केन्द्र स्थापनाका लागि निरीक्षण गरेको थियो।
काठमाडौंमा आइसोलेसन केन्द्र स्थापनाका गरिएका तयारीका बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराउँदै मुख्यमन्त्री पौडेलले त्यसमा रहेका केही प्राविधिक जटिलता समाधानका लागि अनुरोध गरेका थिए।
उक्त छलफलमा बाग्मती प्रदेशका मुख्यमन्त्रि डोरमणि पौडेल सहित बाग्मती प्रदेशका सामाजिक विकास मन्त्रि युवराज दुलाल, प्रतिनिधिसभा सदस्य कृष्ण राई , प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठ, प्रतिनिधिसभा सदस्य सरिता न्यौपाने, प्रदेससभा सदस्य दिपक निरौला सहभागी रहेका थिए।
कोरोना प्रकोप नियन्त्रण तथा रोकथामका लागि काठमाडौंमा आइसोलेसन केन्द्र स्थापनाका लागि गरेको तयारीका बारेमा जानकारी लिएपश्चात् प्रधानमन्त्री ओलीले संघीय सरकारले सबै जटिलता फुकाउन आफु सकारात्मक रहेको बताएको प्रदेससभा सदस्य दिपक निरौलाले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij