बुटवल -छतबाट खसेर गम्भीर घाइते भएका रुपन्देहीका एकजना व्यक्तिकाे उपचार नपाउँदा मृत्यु भएकाे छ ।
गत मंगलबार छतबाट खसेर गम्भीर घाइते भएका रुपन्देहीका १ व्यक्तिमा काेराेना संक्रमण पुष्टि भएसँगै उनकाे उपचार हुन सकेकाे थिएन ।
टाउकोमा गम्भीर चोट भएका ती व्यक्तिकाे टाउकोको शल्यक्रिया गर्नुपर्ने भएपनि काेराेना संक्रमणकाे कारण तत्काल शल्यक्रिया गर्न नसकिँदा उनकाे ज्यान गएकाे हाे ।
घरको छतबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो।
पीसीआर रिपोर्ट पोजेटिभ आएपछि सुरक्षा र सतर्कताका साथ थप उपचार जारी राख्नुपर्ने भएकाे तर त्याे कार्यकाे लागि उक्त मेडिकल कलेज नभएकाे भन्दै अस्पतालले ती विरामीलाइ भीम अस्पताल पठाइएको थियो।
भीम अस्पतालमा उपचारका लागि जनशक्ति नभएकाले उपचार हुन नसक्ने अस्पतालले बताएकाे थियाे ।
तैपनि विरामीका आफन्तले जोडबल गरेर अस्पतालमै उपचार गर्न आग्रह गरेका थिए। त्यसैकारण ती विरामीलाइ भीम अस्पतालमा भर्ना लिएर कोरोना भाइरसका संक्रमितलाई राख्ने कक्षमा राखेको थियो। उनको उपचारका क्रममा सोमबार राति मृत्यु भएको भीम अस्पतालले जनाएको छ।
अस्पतालले आइसीयू भए पनि जनशक्ति नभएकाे परिवारलाइ बताइएकाे जानकारी गराएकाे छ ।
ती विरामीकाे अवस्था गम्भीर रहेकाे र हाइ रिक्स समेत परिवारलाइ बताइएकाे थियाे । विरामीकाे कोभिड वार्डमा भर्ना गरी उपचार गर्दागर्दै राती ११ बजे मृत्यु भएकाे हाे ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij