
काठमाडाैं । प्रतिनिधि सभा सदस्य माननीय जीबनराम श्रेष्ठको अध्यक्षतामा नागार्जुन नपा प्रमुख मोहन बस्नेत, उप-प्रमुख शुशीला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापामगर, लेखा प्रमुख र स्वास्थ्य शाखा प्रमुखको उपस्थितिमा कोभिड-19 रोकथाम, उपचार र नियन्त्रणको लागि स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गत बचेको बजेट काेराेना व्यवस्थापनमा खर्च गर्ने सम्झाैता भएकाे छ ।
भिमढुंगा स्वास्थ्य चौकीमा रहेको आइसोलेसन कक्षलाई वेड तथा सुविधा थप गरी संचालन गर्न आवश्यक रहेकाेले यस्ताे व्यवस्था गरिएकाे हाे ।
उक्त रकम नगरपालिका भित्र थप आइसोलेसन निर्माण, व्यवस्थापन तथा संचालनमा ४० लाख खर्च गरिनेछ ।
जस अन्तरगत अक्सिजन सिलिण्डर, नेबुलाइजर, मेडिसिन, वेड, भत्ता, आइसोलेसनमा खटिने कर्मचारी तथा बिरामीहरूको लागि खानाखाना/खाजाको व्यवस्था, एम्बुलेन्स तथा इन्धन खर्च, सरसफाई सामाग्री तथा वासिंग मेसिन समेतको व्यवस्थापन खर्चमा उपयाेग हुनेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij