२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

घरबाटै काम गर्ने व्यवस्था मिलाउन मिलाउनुस्ः नेपाल राष्ट्र बैंक

घरबाटै काम गर्ने व्यवस्था मिलाउन मिलाउनुस्ः नेपाल राष्ट्र बैंक

काठमाडाैं । बैङ्क तथा वित्तीय संस्थालाई सरकारले जारी गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरेर बैङ्किङ सेवा प्रवाहलाई निरन्तरता दिन तथा राष्ट्र बैङ्कले विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्न पनि निर्देशन दिएको छ ।

नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई न्यूनतम कर्मचारीबाट सेवा प्रवाह गर्न, सिफ्ट अनुसार र घरबाट समेत काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

जोखिमलाई दृष्टिगत गर्दै सरकारले देशका विभिन्न स्थानमा गरेको बन्दाबन्दी, निषेधाज्ञा, सवारीसाधनको आवागमनमा जोर बिजोर प्रणाली लागू गरेपछि केन्द्रीय बैङ्कले बैङ्क तथा वित्तीय संस्थालाई पनि आइतबार सर्कुलर जारी गरेको हो ।

प्रादेशिक शाखाहरू न्यूनतम कर्मचारीबाट सेवा सञ्चालन गर्ने वा वैकल्पिक रूपमा सञ्चालन गर्न सकिने शाखा पनि आलोपालो सञ्चालन गर्ने व्यवस्था मिलाउन समेत केन्द्रीय बैङ्कले आग्रह गरेको छ ।

कोरोना भाइरसको जोखिम बढेसँगै सुरक्षित तवरले काम गर्नुपर्ने आवश्यकता महसुस गरी यस्ताे निर्देशन जारी गरिएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij