हाल सम्म नेपाल प्रहरीमा कार्यरत ३६९ व्यक्तिहरुमा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
देशभरबाट ३६९ प्रहरी कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएमध्ये हालसम्म १४९ प्रहरी निको भएर घर फर्किसकेका छन् भने २२० कर्मचारीहरु देशका विभिन्न अस्पतालमा उपचाररत छन् ।
कोरोनाको सक्रिय सङ्क्रमितमध्ये प्रहरी प्रधान कार्यालयका ११६, काठमाडौँ उपत्यकाका १४, प्रदेश नं १ का २१, प्रदेश नं २ का ३६, वाग्मती प्रदेशका दुई, गण्डकी प्रदेशका १९, प्रदेश नं ५ का ११ र सुदूरपश्चिम प्रदेशका एकजना छन् । कर्णाली प्रदेशका भने सबै प्रहरी निको भएर घर फर्किसकेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij