२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

शाओमीद्वारा नेपालमा रेडमी नोट ९ प्रो म्याक्स र मी पावर बैंक २-आई सार्वजनिक

शाओमीद्वारा नेपालमा रेडमी नोट ९ प्रो म्याक्स र मी पावर बैंक २-आई सार्वजनिक

काठमाडौं । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज नेपालमा रेडमी नोट सिरिज स्मार्टफोनको नवौं पुस्तामा नयाँ स्मार्टफोन थप्ने घोषणा गरेको छ । यस वर्षको शुरुवातमा सार्वजनिक भएका रेडमी नोट ९ र रेडमी नोट ९ प्रो को साथ यो यस सिरिजको तेस्रो स्मार्टफोन हो ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भन्नुभयो, “रेडमी नोट ९ प्रो म्याक्सले आफ्नो सेग्मेन्टको हार्डवेयर र सफ्टवेयरको नवीनतलाई चुनौती दिएको छ । यो सिरिज वास्तविक मी फ्यानहरुका लागि निर्मित गरिएको हो र हामी आशा गर्दछौं कि उनीहरुले औरा डिजाइन, प्रो क्यामेरा र अधिकतम प्रदर्शनको उत्कृष्ट संयोजनलाई सरहाना गर्नेछन् किनकी हामी उत्कृष्ट विशेषताहरुका साथ उच्च गुणस्तरका उत्पादनहरु सुलभ मुल्यमा उपलब्ध गराउँदै आइरहेका छौं । हामीले पहिलो पटक मी पावर बैंक २–आईको साथ ब्राण्डको नयाँ कोटीमा पावर बैंक भित्र्याउन पाउँदा निकै खुशी छौं । हामी नेपालका मी फ्यानहरुले सुलभ मुल्यमा उच्च गुणस्तर प्रविधिको मज्जा उठाउन भन्ने चाहन्छौं र लामो समयदेखि देशमा पावर बैंकको बढ्दो बजारलाई अवलोकन गरेर हामीले पावर बैंकको नयाँ लाइनमा मी को पावर बैंक ल्याउने निर्णय गरेका छौं ।”

शाओमीको बेस्ट सेलिङ्ग सिरिज रेडमी नोटले प्रो म्याक्स भेरियन्ट ल्याएको छ जसले पहिलो पटक सेगमेन्टमा प्राविधिक नवीनतालाई अगाडि धकेलेको छ ।

यसैगरी औरा डिजाइन जुन रेडमी नोट ७ सिरिजमा प्रस्तुत गरिएको थियो यसले अहिले रेडमी नोट ९ प्रो म्याक्सका साथ प्यारडाइम शिफ्ट भएको छ । यसले सुधारिएको औरा ब्यालेन्स डिजाइन प्रस्तुत गर्दछ । १६.९ सीएम (६.६७ इन्च) एफएचडी प्लस डट डिस्प्लेका साथ २०ः९ सिनेमेटिक स्क्रिनले इमर्सिभ अनुभव ल्याउँछ र फ्रन्टमा भएको इन डिस्प्ले क्यामेराले नचहरुलाई हटाउँछ जसले यसलाई रेडमीको स्मार्टफानमा उपलब्ध अहिले सम्मकै ठुलो डिस्प्ले बनाउँछ । रियरमा क्वाड क्यामेरा सेटअप छ । जुन पछाडि ग्लासमा सुरक्षित ढंगले बसेको छ र स्क्वायर डिजाइनले सबै लेन्सहरुमा लगातार फिल्ड अफ भ्यू सक्षम गर्दै लेन्सहरु स्विच गर्दै फोकसबाट कम शिफ्ट हुन सक्षम पार्दछ ।

प्रयोगकर्ताको अनुभवलाई बढाउनका लागि, रेडमी नोट ९ प्रो म्याक्समा जेड एक्शीस लिनियर भाइब्रेसन मोटर विशेषता छ, र यो सेग्मेन्टमा यस विशेषता हुने एक मात्र डिभाइस बनेको छ । जेड एक्शीस लिनियर मोटरले यूआईमा १५० भन्दा बढि कस्टुम भाइब्रेसन प्याट्रनमार्फत फ्ल्यागसीपमा जस्तो ह्यापटिक अनुभव प्रदान गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij