काठमाडौँ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट घुस नखाने प्रहरीहरु पुरस्कृत भएका छन् ।
सिन्धुली र चितवनमा कार्यरत २ प्रहरी हवल्दारलाइ निःस्वार्थ भावले सेवामा खटिएकाे कारण पुरष्कृत गरिएकाे हाे ।
उनीहरुले ड्युटीमा रहँदा विभिन्न प्रलोभन देखाई घुस रकम दिन खोज्ने व्यक्तिहरुलाई पक्राउ गरेर कानुनी कारवाहीमा संलग्न गराएका थिए ।
हाल सम्म प्रदेश प्रहरी कार्यालय र मातहतका कार्यालय समेतबाट २३ जना प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिसकिएको छ । साथै आफ्नो जिम्मेवारी पूरा नगर्ने एक प्रहरी निरीक्षकसहित चार प्रहरी कर्मचारीलाई निलम्बन समेत गरिएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij