२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

महानगरका मेयर भन्छन्ः पिसिआर समाधान होइन पैसा मात्र विदेशिन्छ

महानगरका मेयर भन्छन्ः पिसिआर समाधान होइन पैसा मात्र विदेशिन्छ

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कोरोना संक्रमण बढिरहेको बताउँदै आफैं सतर्क हुन आग्रह गरेका छन् । एक कार्यक्रमलाइ सम्बाेधन गर्दै उनले  नागरिक आफैं सचेत हुनुपर्ने समेत बताए ।

उनले भने ‘कोरोना संक्रमण फैलिएको बेला काठमाडौं महानगरपालिकाले जो जहाँ बसेको छ, त्यो त्यहीं सुरक्षित बस्नुहोला’

पछिल्लो समय धेरै मान्छेहरू उपत्यका छिर्न थालेपछि थप समस्या भएकाे उनकाे धारणा छ ।

अहिले कोरोना फैलिएकोले पीसीआर परीक्षण व्यापक गर्नुपर्यो भनी आवाज उठिरहेकोमा पनि टिप्पणी गर्दै मेयर शाक्यले पीसीआर परीक्षण नै रोगको उपचार नभएको स्पष्ट पारे ।

उनले भने, ‘हामीले बुझ्नु पर्छ, पीसीआर भनेको औषधी होइन । जस्तो हामी ब्लड प्रेसर नाप्न जान्छौँ । बिहान नापेको ब्लड प्रेसर दिउँसो अर्कै भइसकेको हुन्छ । त्यस्तै सुगर जाँच पनि बिहान र बेलुकी नै फरक परिसक्छ । पीसीआर पनि त्यस्तै हो,’ उनले भने,’यसले अहिले तत्कालको अवस्था मात्रै बताउने हो । एकपटक पिसिआर गरेर सधैं ढुक्क हुन सकिँदैन ।’

साथै पीसीआर परीक्षणबाट पैसा विदेश गइरहेको तर्फ पनि साेच्नुपर्नेमा उनले सचेत गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij