२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

उपत्यका सिल गर्ने विषयमा छलफल हुँदै, ३ ओटै सिडिओहरूकाे सामुहिक वैठक बस्दै

उपत्यका सिल गर्ने विषयमा छलफल हुँदै, ३ ओटै सिडिओहरूकाे सामुहिक वैठक बस्दै

 

काठमाडौं : बिहीवार देशभरका ४१ जिल्लाबाट ३ सय ६० जनामा कोभिड १९ संक्रमण भएको पुष्टि भएकाे छ ।

यसरी काेराेना पुष्टि हुनेहरूमा सबैभन्दा बढी काठमाडौंका छन् ।

एकैदिन काठमाडौंका ७६ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएसँगै यसले ठूलाे तरङ्ग सृजना गराएकाे छ ।

साेहीदिन काठमाडाैंसँगै भक्तपुरमा १ जना र ललितपुरमा समेत १० जना थपिएका छन् ।

अहिलेसम्म काठमाडौं उपत्यकाभित्र ६ सय ७४ जना संक्रमित भइसकेका छन्। जसमा ४ सय ७२ जना काठमाडौं,  १ सय २४ जना ललितपुर र ७८ जना भक्तपुरका रहेका छन्।

उपत्यकाकाे अवस्था गम्भीर बन्दै गएसँगै शुक्रवार तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय र स्वास्थ्य क्षेत्रका अधिकारीहरुकाे बैठक बोलाइएकाे छ।

बैठकले उपत्यकाभित्र बढ्दै गएको संक्रमणलाई कसरी नियन्त्रण गर्ने भन्ने विषयमा छलफल गरी निष्कर्ष निकाल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij