२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

उपत्यकामा खटिने चार सय ट्राफिक प्रहरी क्वारेन्टाइनमा : बग्गीखाना सिल

उपत्यकामा खटिने चार सय ट्राफिक प्रहरी क्वारेन्टाइनमा : बग्गीखाना सिल

काठमाडौं ।  महानगरीय ट्राफिक प्रहरी महाशाखा (बग्गीखाना) का दुईजना ट्राफिक प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द भएका छन् ।

ट्राफिक महाशाखाका प्रबक्ता वामदेव गौतमले बग्गीखानाको अत्यावश्यक बाहेकका अन्य सम्पूर्ण सेवा बन्द भएको जानकारी दिए ।

महाशाखा प्रमुख भीमप्रसाद ढकालसहित अहिले तीन सय ७५ जना नै क्वारेन्टाइनमा रहेका छन् । क्वारेन्टाइनमा रहेका प्रहरीको ट्रेसिङ गरेर पिसिआर परीक्षणको तयारी भइरहेको छ ।

करिब ४ सय प्रहरी क्वारेन्टाइनमा बसेपछि ट्राफिक व्यवस्थापनमा केही अहसज हुने देखिएको छ ।

उपत्यकाभित्र १ हजार पाँच सय ४५ ट्राफिक प्रहरी कार्यरत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij